back
CTIZAN AD

बाजुराकी बालिकाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या ८ पुग्यो

वि.सं.२०७७ जेठ १८ आइतवार

846 

shares

१८ जेठ, काठमाण्डौं । बाजुराकी २ वर्षीया बालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज बिहान २ः३० बजे बाजुरा जिल्ला स्वास्थ्य अस्पतालमा उपचारका क्रममा ती बालिकाको मृत्यु भएको हो ।

आमाबुवासहित ८ दिन पहिले भारतबाट आएकी ती बालिकालाई क्वारेन्टाइनमै रहेका अवस्थामा श्वास- प्रस्वास, ज्वरो र झाडा पखाला लागेपछि जेठ १५ गते अस्पताल भर्ना गरिएको थियो । उनको जेठ १६ गते नै श्वास संकलन गरेर सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

त्यसैगरी शनिबार बेलुका पनि दैलेखको दुल्लु नगरपालिका पटांगिनीको क्वारेन्टाइनमा रहेका ३५ वर्षीय युवाको पनि कोरोनाकै कारण मृत्यु भएको हो । शनिबार र आइतबार मृत्यु भएका दुईजनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
यसैगरी स्वास्थ्य मन्त्रालयले डडेल्धुराका ६ वर्षीय बालक, गुल्मीका ५६ वर्षीय पुरुष र काठमाण्डौंको निजी अस्पतालमा मृत्यु भएकाहरुको नमुना परीक्षणको क्रममै रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

वि.सं.२०७७ जेठ १८ आइतवार १७:०५ मा प्रकाशित

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...