back
CTIZAN AD

टिकटको व्यवस्था गरिदिन्छु भन्दै सम्पर्क गर्नेहरुबाट सर्तक रहन एनआरएनए यूएईका अध्यक्षको अनुरोध

वि.सं.२०७७ जेठ २२ बिहीवार

792 

shares

नेपाल एशोसियसन (एनआरएनए) यूएईका अध्यक्ष प्रकाश कोईरालाले नेपाल फर्कने टिकटको व्यवस्था गरिदिन्छु भन्दै ठगी गर्ने गिरोहले ठग्न सक्ने भन्दै त्यसबाट सचेत रहन अनुरोध गरेका छन् ।

कोरोना भाइरस(कोभिड–१९) का कारण समस्यामा परेका नेपालीहरुलाई नेपाल सरकारले भोलिदेखि नेपालीहरुलाई फर्काउने क्रम सुरु गर्ने भएको छ ।

नेपाली फर्काउने क्रममा पहिलो फ़्लाइट यूएईबाट हुने सक्ने भन्दै अध्यक्ष कोइरालाले कोही कसैले पहिलो फ़्लाइटमै टिकटको व्यवस्था गरिदिन्छु भन्दै पैसा लिने गिरोहले सम्पर्क गर्न सक्ने हुँदा त्यस्ता ठगबाट बच्न सर्तक गराएका हुन् ।

उनी भन्छन् ‘यूएई बाट नेपालीहरुलाई स्वदेश फिर्तीको तयारी अन्तिम चरणमा रहेको र सम्भाव्य भोलीनै पहिलो फ़्लाइट हुने हुँदा तपाईको टिकट ब्यबस्था गरीदिन्छू भन्दै पैसा लिने गिरोहले सम्पर्क गरी तपाईलाई ठग्न सक्ने हुँदा त्यस्ता ब्यक्तिहरूबाट सचेत रहि ठगीन बाट बच्न हार्दिक अनुरोध गर्दछु ।’

दूताबासको आधिकारिक सूचना बेगर टिकट नलिन र पैसा नबुझाऊँन पनि उनले सबैसँग अनुरोध गरेका छन् ।

साथै उनले नेपाली फर्काउन लागेको भन्दै व्यवस्थापन पक्ष नेपाल सरकार र नेपाली दूताबासप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

वि.सं.२०७७ जेठ २२ बिहीवार १९:०३ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...