back
CTIZAN AD

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

वि.सं.२०८३ वैशाख २७ आइतवार

2.4K 

shares

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार विशेष आध्यात्मिक, सांस्कृतिक तथा वैज्ञानिक चेतनाले भरिपूर्ण बनेको छ। New Vision Nepal को आयोजना तथा काठमाडौँ महानगरपालिका सँगको सहकार्यमा सम्पन्न ‘आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शन तथा सम्मान कार्यक्रम’ मा प्राचीन योग दर्शन र आधुनिक वैज्ञानिक चेतनाको अनुपम संगम देखिएको हो।

कार्यक्रमका सभापति एवं न्यू भिजन नेपाल सोह्रखुट्टेका अध्यक्ष योगी अशोक शर्मा भट्टको असाधारण योग साधनालाई समेटेर तयार पारिएको वृत्तचित्र कार्यक्रमको मुख्य आकर्षण बनेको थियो। पाँचपोखरी, गोसाईकुण्ड र मुक्तिनाथजस्ता शून्य डिग्रीभन्दा कम तापक्रम हुने विकट हिमाली क्षेत्रमा निवस्त्र भई उहाँले गर्नुभएको कठिन योगासन, प्राणायाम तथा ‘सिंगिङ बाउल’ थेरापीका दृश्यहरूले उपस्थित दर्शकलाई स्तब्ध बनाएका थिए।

यौगिक दृष्टिकोणले हेर्दा, कठोर हिमाली वातावरणमा शरीरको तापक्रम स्थिर राख्दै गरिने यस्तो साधना केवल शारीरिक अभ्यास मात्र नभई आन्तरिक ऊर्जा अर्थात् ‘कुण्डलिनी इनर्जी’ को उच्चतम प्रयोगका रूपमा चित्रित गरिएको थियो। कार्यक्रममा सहभागी अतिथिहरूले योगी अशोक भट्टलाई वर्तमान समयमा दुर्लभ मानिने “साहसी र निष्ठावान् योगी” को रूपमा प्रशंसा गरेका थिए।

कार्यक्रममा विश्व शान्ति बालसंस्कार कुञ्ज का बालबालिकाहरूले आफ्नो अनुशासन, कला र प्रस्तुतीमार्फत विशेष ऊर्जा थपेका थिए। कार्यक्रमको समुद्घाटन काठमाडौँ महानगरपालिका वडा नं. १६ की अध्यक्ष रोजिना श्रेष्ठले दीप प्रज्वलन गरी गर्नुभएको थियो भने बालयोगिनी प्रसिद्धि धरेल, प्रियल थापा, खुसी मरहठा, क्रिस्टिना घर्ती मगर र आराही श्रेष्ठले मन्त्रवाचन प्रस्तुत गरेका थिए।

त्यसैगरी एन्जेलिना सुवेदी, आरोसी घिमिरे, निरुपा घिमिरे, मिनेशबाबु न्यौपाने र दिवयनसा चौधरीले पञ्चश्रद्धा समर्पण गर्दै वातावरणलाई भक्तिमय बनाएका थिए। सियोना अर्यालले साधना संकल्प गराएकी थिइन् भने मिनेश बाबु न्यौपाने, प्रियल थापा र क्रिस्टिना घर्ती मगरले शरीरको लचकता र एकाग्रता झल्किने लयबद्ध योगासन प्रस्तुत गरेका थिए।

कार्यक्रमकै क्रममा सिरिना दाहालले भगवद्गीताका श्लोक स्पष्ट उच्चारण र गहिरो भावार्थसहित वाचन गर्दा प्राचीन दर्शनको वैज्ञानिक पक्ष उजागर भएको अनुभूति उपस्थित दर्शकले गरेका थिए।

संस्थाको तर्फबाट प्रस्तुत गरिएका सांस्कृतिक नृत्यहरूले नेपाली कला, संस्कृति र पहिचानलाई जीवन्त बनाएका थिए। सुभद्रा मानन्धर, दीपिका खड्की र नान्छे मानन्धरले कुमारी नृत्य प्रस्तुत गरेका थिए भने ९ वर्षीया बाल कलाकार आइशा खड्गीले नेवारी नृत्य तथा दिया श्रेष्ठले मञ्जुश्री नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।

कार्यक्रमकी प्रमुख अतिथि तथा काठमाडौँ महानगरपालिका वडा नं. १६ की अध्यक्ष रोजिना श्रेष्ठले बालयोगीहरूको प्रतिभा देखेर आफू अत्यन्त प्रभावित भएको बताउनुभयो। उहाँले बाल्यकालदेखि नै योग, संस्कार र आध्यात्मिक चेतना विकास गराउनु समाज रूपान्तरणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै योगी अशोक भट्टको योगदानको खुलेर प्रशंसा गर्नुभयो।

विशिष्ट अतिथि एवं काठमाडौँ महानगर कार्यपालिका सदस्य मीना सुनारले बालबालिकाको हरेक प्रस्तुतीले आफ्नो हृदय छोएको बताउँदै यस्तो पवित्र कार्यक्रममा सहभागी हुन पाउनु आफूका लागि ‘अहोभाग्य’ भएको प्रतिक्रिया दिनुभयो।

शरद श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा पशुपतिनाथ सेवक संघ का संस्थापक अध्यक्ष डा. स्वामी केदार मान भण्डारी, महानगरपालिका सदस्य रचना शर्मा, स्वयंसेवक परिचालन प्रमुख सिर्जु मानन्धर, स्वास्थ्य विभाग अधिकृत कमला घिमिरे तथा पाँचपोखरी थानपाल गाउँपालिकाका प्रतिनिधि मनोज पौड्याललगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रमलाई सफल र व्यवस्थित बनाउन संस्थाका तर्फबाट सबनम खड्गी, अविति खड्गी तथा महासचिव रूपक अर्यालको महत्वपूर्ण योगदान रहेको आयोजकले जनाएको छ। त्यसैगरी कार्यक्रमलाई थप यौगिक र प्रभावकारी बनाउन विश्व शान्ति अध्यात्म विज्ञान समाज नेपाल की परीक्षा संयोजक सविता केसी, बाल कार्यक्रम संयोजक त्यागी अनिल मारुत तथा हास्य संयोजक सुनिल मान श्रेष्ठले सक्रिय भूमिका निर्वाह गरेका थिए।

आरोग्य पर्यटनको प्रवर्द्धन गर्दै नयाँ पुस्तामा योगको वैज्ञानिक चेतना विस्तार गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले नेपाली अध्यात्म, योग तथा सांस्कृतिक क्षेत्रमा नयाँ आयाम थपेको सहभागीहरूले बताएका छन्।

वि.सं.२०८३ वैशाख २७ आइतवार १०:०५ मा प्रकाशित

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...