back

सिन्धुपाल्चोकमा मानवअधिकार हननका २६ घटना

वि.सं.२०७३ पुस ११ सोमवार

702 

shares

११ पुस,मेलम्ची । सिन्धुपाल्चोक जिल्लामा गत वर्षको तुलनामा मानव अधिकार हननका घटनामा कमी आएको छ । गत वर्ष ६५ वटा मानव अधिकार हननका घटना भएका थिए भने यस वर्ष २६ वटा घटना घटेको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको छ ।

गैरराज्यतर्फबाट २५ र साङ्गठानिक समूहबाट भएको एउटा गरी यस वर्ष जिल्लामा २६ मानव अधिकारसम्बन्धी घटना घटेको इन्सेकको तथ्याङ्कमा उल्लेख छ ।

सार्वजानिक गरेको तथ्याङ्कमा भने राज्यको तर्फबाट भएको मानव अधिकारसम्बन्धी घटना समावेश छैन भने कालीका गाविसस्थित उखुबारीमा भएको घटनाको तथ्य सङ्कलन गर्न बाँकी रहेको समेत जानकारी दिएको छ ।
मानव अधिकार हनन भएका २६ पीडितमध्ये २३ महिला र तीन पुरुष रहेका छन् । मानव अधिकार हनन गरेको आरोप आठ महिला र २७ पुरुष गरी ३५ जनालाई लगाइएको मानव अधिकारकर्मी नातीबाबु धितालले जानकारी दिनुभयो ।

मानव अधिकार हनन भएको घटनामा संलग्नमध्ये १९ वटा आरोपीलाई कानुनी कारबाही गरिएको छ भने छवटा मिलापत्र गरिएको छ ।

चार वटा हत्या, बाल अधिकार हननसम्बन्धी सात वटा, महिला अधिकारसम्बन्धी १४ वटा, कुटपिटसम्बन्धी तीन वटा र एउटा आगजनीबाट जम्मा २९ रहेको इन्सेकले जनाएको छ । नागरिकको स्वास्थ्य अधिकार पनि जिल्लामा सन्तोषजनक नभएको तथ्याङ्कमा उल्लेख छ ।
बाल विवाह सिन्धुपाल्चोकको मुख्य चुनौतीको रुपमा रहेको गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य सोम सापकोटाले बताउनु भयो ।
त्यस्तै महिला र पुरुषको एउटै काम भए पनि ज्यालामा हुने विभेद र अन्य क्षेत्रमा समेत पछि पारिएको सापकोटाले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ पुस ११ सोमवार ०४:५१ मा प्रकाशित

Himalayan Life AD
मुस्ताङमा एकैदिन भित्रिए झण्डै सात हजार पर्यटक, स्थानीय होटल भरिभराउ

मुस्ताङमा एकैदिन भित्रिए झण्डै सात हजार पर्यटक, स्थानीय होटल भरिभराउ

सुन्दरकुमार थकाली, मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन...

गौशालाको माछा बजारमा एक युवकको शव फेला

गौशालाको माछा बजारमा एक युवकको शव फेला

मटिहानी (महोत्तरी) । गौशाला बजारमा एक पुरुषको शव बेवारिसे अवस्थामा...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी । बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ...

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

काठमाडौँ  । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन...

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

काठमाडौँ । जेनजी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति...

वृद्धसहित दुई पुरुष मृत भेटिए

वृद्धसहित दुई पुरुष मृत भेटिए

दमक (झापा) । जिल्लाको दमक र कमल गाउँपालिकामा आज बिहान...