back

केराबारीमा मच्छिन्द्र मेला लाग्ने

वि.सं.२०७३ पुस ११ सोमवार

753 

shares

११ पुस,पथरी (मोरङ) । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको परापूर्वकालदेखि लाग्दै आएको मोरङ केराबारीको मच्छिन्द्र मेला पुनःसञ्चालनमा आउने भएको छ ।

पुस १९ गतेदेखि पुस २५ गतेसम्म मेलाको आयोजना गरिने केराबारी व्यापार प्रबन्ध समितिले जनाएको छ । हरेक वर्ष औँसीको पौष पञ्चमीदेखि साता दिनसम्म लाग्ने सो मेला विगत माओवादी द्वन्द्वकालमा शान्ति सुरक्षाको अभावका कारण लाग्न सकेको थिएन ।

केराबारीको पहिचानका रुपमा स्थापित सो मेला २१ वर्षपछि पुनःलगाउने तयारी गरिएको आयोजक केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष चुरानसिंह विकले बताउनु भयो । अध्यक्ष विकका अनुसार मेलामा दैनिकजसो राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, विभिन्न जातजातिको झाँकी, स्थानीय कृषिजन्य वस्तुको प्रदर्शनीका साथै मनोरन्जनात्मक खेलकुद तथा बालउद्यान राखिनेछ ।

तत्कालीन समयमा खदम खोलाको बगरमा मेला लाग्दै आएको सो मेलालाई विकृति विसङ्गतिरहित बनाउँदै अगाडि बढाउने उद्देश्यले स्थानीय धार्मिक सांस्कृतिक कृषि प्रवद्र्धन गर्न केही परिमार्जन गरिने विकले बताउनुभयो । रासस

वि.सं.२०७३ पुस ११ सोमवार ०५:११ मा प्रकाशित

Himalayan Life AD
छठका लागि बागमती नदीमा धाप ड्यामको पानी छाडिने

छठका लागि बागमती नदीमा धाप ड्यामको पानी छाडिने

काठमाडौँ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, बागमती...

संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह

संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरू सम्बोधन हुनुपर्ने...

अफगानिस्तानसँग नेपाल पराजित

अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौँ । बङ्गलादेशमा जारी सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप...

क्रिकेटः अमेरिकाद्वारा नेपाल सामू २६३ रनको लक्ष्य प्रस्तुत

क्रिकेटः अमेरिकाद्वारा नेपाल सामू २६३ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । समित पटेल र मिलिन्द कुमारको अर्धशतकीय पारीसँगै अमेरिकाले...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक...

मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको सपथ

मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको सपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ...