back
CTIZAN AD

क्रिकेटः अमेरिकाद्वारा नेपाल सामू २६३ रनको लक्ष्य प्रस्तुत

वि.सं.२०८२ कात्तिक ९ आइतवार

615 

shares

काठमाडौं । समित पटेल र मिलिन्द कुमारको अर्धशतकीय पारीसँगै अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाललाई जितको लागि २६३ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ६२ रनको योगफल बनायो ।
अमेरिकाका लागि समितले १०० बलमा ९ चौकाको सहयोगमा ७५ रन बनाए । त्यस्तै मिलन्दले अविजित रहँदै ७० रन बनाए । उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे भने सैतेजा मुक्कामल्लले ४२ र शुभम रञ्जनेले १९ रन जोडे ।

नेपालका सन्दीप लामिछानेले दुई विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले समान एक एक विकेट लिए ।
नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

वि.सं.२०८२ कात्तिक ९ आइतवार १६:१४ मा प्रकाशित

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

भरतपुर। जङ्गली हात्तीको आक्रमणले एउटा परिवारको खुसी सधैंका लागि खोसिएको...