-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११४९ पुग्यो



२५ असार, काठमाण्डौं । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज थपिएकामा तनहुँ शुक्ला गण्डकीका ३७ वर्षीय पुरुष, म्याग्दी मंगलाका ३५ वर्षीय र बेनीका २३ वर्षीय पुरुष, बाग्लुङ काठेखोलाका २२ र ३९ वर्षीय पुरुष, नवलपरासी सुस्तापूर्व विनय त्रिवेणी र गैडाकोटका २४, ५७, २० र ३१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी लम्जुङ सुन्दर बजारका २८ र २६ वर्षीय पुरुष, राइनासका २५ वर्षीय २ पुरुष, दुधपोखरीका ४२ वर्षीय पुरुष, गोरखा आरुघाटका ३० वर्षीय पुरुष, भीमसेनका २४ वर्षीया महिला, पोखरा महानगरपालिकाका २९ वर्षीया १ महिला र ४०, १६ र ३६ वर्षीय पुरुष गरी जम्मा २० जनामा संक्रमण पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरा, जनस्वास्थ्य प्रयोगशाला हेटौडा, भरतपुर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका २० जनासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११४९ पुगेको छ । साथै प्रदेशमा हालसम्म ३८६ जना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

रामपुर । पहिराले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सञ्चालन भएको छ । अविरल

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस