back
CTIZAN AD

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

वि.सं.२०८३ जेठ ७ बिहीवार

366 

shares

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर आगामी दिनमा यसलाई थप व्यवस्थित बनाइने जानकारी दिएका छन् ।

सभाको आजको बैठकमा केही सदस्यले समसामयिक विषयमा आफ्नो भनाइ राखेपछि आकस्मिक समय सकिए पश्चात शून्य समय आरम्भ गराउन खोज्दा थप सदस्यले भनाइराख्न आसनबाट उठेपछि सभामुख अर्यालले बस्न आग्रह गरे । सांसदहरू राजेन्द्रकुमार राई, बलावती शर्मालगायत सोही समयमा बोल्न उठिरहे पछि सभामुखले आकस्मिक समयमा अघिल्लो बैठक सकिएदेखि यस बैठकसम्मको अवधिमा मुलुकका उत्पन्न भएका जनजीवनमा अति महत्वपूर्ण घटना–विषयलाई बोल्न समय माग्न र दिन सकिने संसदीय अभ्यास छ ।

सांसदले बोल्न टिपाइएका कुनै विषय उक्त समयमा बोल्न संवेदनशील नलागेमा सभामुखले समय नदिन पनि सक्नेछन् । आसनबाट उठेका सदस्यहरू नबसेपछि सभामुख अर्यालले तोकिएभन्दा थप सदस्यलाई आकस्मिक समयमा बोल्न समय दिए ।

संसद्मा आकस्मिक समयमा साथै शून्य समय र विशेष समयमा समसामयिक विषयमा ध्यानाकर्षण गराउने पनि संसदीय अभ्यास छ ।

वि.सं.२०८३ जेठ ७ बिहीवार १२:३२ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...