back
CTIZAN AD

आफ्नै सदस्य अन्सारीलाई सचेत गराउँदै आयोगले निकाल्यो यस्तो विज्ञप्ति

वि.सं.२०७७ असार २५ बिहीवार

921 

shares

२५ असार, काठमार्डौँ । राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिका कारण विवादमा परेकी छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले आयोगले अन्सारीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिलाई लिएर आयोगको गम्भिर ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

आयोगका अध्यक्ष अनुपराज शर्माद्वारा जारी विज्ञप्तिमा अन्सारीले सार्वजनिक सञ्जालमा व्यक्त गरिएका कुराहरुप्रति आयोगको ध्यानाकर्षण भएको जनाउँदै भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइएको छ ।

‘यस आयोगका सदस्य मोहना अन्सारीले २०७७ असार २३ गते तद्नुसार(जुलाई ७) मा ट्वीटरमा समाजवादी पार्टीले आफ्ना संसद सदस्य सरिता गिरीमाथि आफ्ना विधान र राजनीतिक दलसम्बन्धी ऐनबमोजिम कारवाही गर्ने विषयमा सो कारबाहीलाई खेदजनक छ भनी सार्वजनिक सञ्जालमा व्यक्त गरिएका कुराहरुप्रति आयोगको ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा उल्लेख छ ।

भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराउँदा गराउँदै पनि यस सार्वजनिक सञ्जालमा यस्ता भनाई आउनु खेद्जनक भएको बताइएको छ । अन्सारीले दिएको भनाईमा आयोगको अस्वीकृत रहेको जानकारी गराउँदै विज्ञप्तीमा कोही  भ्रममा नपर्न पनि भनिएको छ ।

अन्सारीले ट्वीटरमा समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई कार्वाही गरेको विषयमा सार्वजनिक धारणा राख्दै त्यसलाई खेदजनक भएको भन्दै उनीमाथि गरिएको कार्वाही फिर्ता लिन आग्रह गरेकी थिइन् ।

उनले यस्तो लेखेकी थिइन् :

वि.सं.२०७७ असार २५ बिहीवार १७:४४ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...