३१ असार, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या तिब्ररुपमा बढिरहेको छ। मंगलबार भारतमा अहिलेसम्मकै सबै भन्दा धेरै कोरोना संक्रमितहरु भेटिएका छन ।
मंगलबार मात्र भारतमा २९ हजार ८ सय ८२ नयाँ कोरोना भाइरसका संक्रमितहरु भेटिएका छन जो अहिले सम्मकै उच्च हो । मंगलबार भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ५ सय ८८ रहेको छ ।
यससँगै भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ३७ हजार ४ सय ८७ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या २४ हजार ३ सय १५ रहेको छ ।
विश्वभरमा कोरोना संक्रमित संख्या १ करोड ३४ लाख ५७ हजार ४ सय ५८ पुगेको छ भने ५ लाख ८१ हजार २ सय २२ जनाको मृत्यु भएको छ
वि.सं.२०७७ असार ३१ बुधवार ०९:२६ मा प्रकाशित






























