back
CTIZAN AD

स्वीस बैंकमा ५.५ मिलियन डलर राखेको भनेर प्रधानमन्त्रीको चरित्रहत्या गरियो-सचिवालय

वि.सं.२०७७ असार ३१ बुधवार

801 

shares

३१ असार, काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीले स्वीस बैंकमा पैसा राखेको भनेर मंगलबार विभिन्न संचारमाध्यममा आएको समाचारप्रति प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ ।

सचिवालयले बुधबार बिहान एक विज्ञप्ति जारी गर्दै स्वीस बैंकमा रहेको प्रधानमन्त्रीको खातामा ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा त्यस्तै व्यहोरोका तथाकथित रिर्पोट शतप्रतिशत गलत र कपोकल्पित रहेको भन्दै सचिवालयले यसबारेमा स्पष्ट पारेको छ ।

‘ग्लोबल वाच एनालाइसिसको हवाला दिँदै केही नेपाली अनलाइनहरुले गैरजिम्मेवारीपुर्ण र बदनियतका साथ गरिरहेको अत्यन्त भ्रामक, चरित्र हत्या गर्न लक्षित झुटा संप्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ’ सचिवालयद्धारा बुधबार बिहान जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाद्धारा जारी विज्ञप्तिमा भनिएको छ
“ग्लोबल वाच एनालाइसिस’ को हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ । स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्ट गर्दछु । जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूको रवैया खेदजनक छ ।

राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेको प्रष्ट नै छ ।

आम नेपालीहरूलाई म यस्ता कुनै पनि दुष्प्रचारको भ्रममा नपर्न हार्दिक आह्वान गर्न चाहन्छु । र, सम्बन्धित निकायहरूले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग समेत गर्दछु ।’

https://www.facebook.com/permalink.php?story_fbid=173188054187807&id=105043977668882

 

वि.सं.२०७७ असार ३१ बुधवार ०९:२५ मा प्रकाशित

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व...

सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता

सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर वरपरको हिउँ...

सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध

सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा...

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...