back
CTIZAN AD

ट्र्याक्टर दुर्घटनामा परि सातजना मजदुरको मृत्यु

वि.सं.२०७७ साउन ४ आइतवार

1.1K 

shares

४ साउन, झिमरुक । प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ ।

स्वर्गद्वारी नगरपालिका-३ रुमालेमा गएराति लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको थियो । स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री-स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

उनका अनुसार दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छैन । प्रहरी निरीक्षक पौडेलले ट्र्याक्टरमा आठ सवारमध्ये एक जना बाँचेको उल्लेख गर्दै सात जनाको मृत्यु भएको जानकारी दिए । ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ । वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ । रासस

 

वि.सं.२०७७ साउन ४ आइतवार १४:१७ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...