२४ जुलाई २०२० । कोरोना महामारी फैलिएको प्रारम्भमै बिश्व स्वास्थ्य संगठनले दक्षिण अमेरिका र अफ्रिका, युरोप र अमेरिका पछिका इपीसेन्टर हुनेछन भन्ने भबिस्यबाणी गरे अनुसार दक्षिण अमेरिकाको ब्राजिल मुख्य प्रभावित रास्ट्र भएर प्रभावित भए झै अफ्रिका पनि बिस्तारै त्यो चरणमा जान्छ कि भन्ने आशंका अब भने बढीरहेको छ ।
अहिले अफ्रिकाका ५४ रास्ट्र मध्य दक्षिण अफ्रिकामा चार लाख सक्रमित पुगि सकेका छन भने ६ हजारको मृत्य भइसकेको छ । संक्रमणको संख्याको हिसावले दक्षिण अमेरिका अहिले अमेरिका, ब्राजिल, भारत र रसिया पछि पाँचौ नम्बरको संक्रमीत मुलुक बनेको छ । अफ्रिकाको कुल संक्रमीत संख्याको आधा जसो दक्षिण अफ्रिकामा मात्र रहेका छन । अफ्रिकाभर बिहिबारसम्म ७७०,१७५ संक्रमितको संख्या रहेको र १६,४४६ मृतकको संख्या पुगी सकेको छ । अफ्रिकामा संक्रमणको हिसाबले दोश्रोमा इजिप्टमा झन्डै ९०,००० र नाइजेरिया तेश्रोमा छ । त्यहाँको संक्रमितको संख्या ३७,८०१ र मृतकको संख्या ८०१ पुगेको छ ।
अफ्रिकाको कुल जनसंख्या १ अरब ३४ करोड भन्दा माथी रहेको छ भने त्यसो त दक्षिण अफ्रिकाको जनसंख्या लगभग ७ करोड मात्र छ । सबै भन्दा बढी जनसंख्या भएको मुलुक नाइजेरिया हो जसको जनसंख्या २१ करोड छ । दक्षिण अफ्रिका बाहेक अन्य देश तुलानात्मक रुपमा स्वास्थ्य सुबिधा र संशाधनमा पछि भए पनि त्यहीँ संक्रमण अरु भन्दा अत्यन्तै तिब्र रुपमा बढी रहेको छ । यो लहर हाल संक्रमण वृद्धिदर सुस्त रहेका अन्य देशमा पनि ढिलो चाडो नआउला भन्न नसकिने अवस्था रहेको नाइजेरियाबाट सामाजिक अभियान्ता हिक्मत थापा बताउँछन् । गैरआवासीय नेपाली संघका पूर्वकोषाध्यक्षसमेत रहेका थापाका अनुसार लगभग त्यहाँका सबै देशहरुमा लकडाउन खुकुलो भइसकेको छ र सावधानी कम राख्ने गरिएको छ ।
थापाका अनुसार अफ्रिकामा रहेका नेपालीहरुमध्ये हालसम्म १० जना मात्र संक्रमीत भएको र त्यो पनि सबै जना निको भइसकेका छन् । महादेशकै ठूलो अर्थतन्त्र र जनसंख्या रहेको नाइजेरियामा भने संक्रमणको संख्या बिस्तारै बढी रहे पनि शुरुका एक महिना बाहेक यहाको जनजीवन खुकुलो नै रह्यो । अर्थात उधोग धन्दा , व्यापार र सर्बजनिक यातायात नियंत्रित रुपमा चली रहे । अहिले अन्तर्राष्ट्रिय हवाइ सेवा, बिधालय र धेरै मान्छे जम्मा हुने स्थल बाहेक अरु सबै सुचारु छन् । लगभग यहि अबस्था अफ्रिकाका सबै देशमा छ ।
संक्रमण सुस्त गतिमा बढीरहेको भए पनि नाइजेरियामा यो संक्रमणले राज्यका ठुला पदाधिकारीलाई भने छोडेको छैन । रास्ट्रपतिका चिफ अफ स्टाफ (नेपालका मुख्य सचिव जस्तै) को ज्यान गयो भने परराष्ट्र मन्त्री र अन्य मन्त्रीहरु आफै संक्रमीत भए । त्यसैगरि ३६ राज्य मध्य ६ का गभर्नर (नेपालका प्रदेश मुख्य मन्त्री जस्तै) संक्रमीत भए । सबै भन्दा पछि बिहिबार इकिटी राज्यका गभर्नर (निबर्तमान संघीय खनिज मन्त्री) डा कायडो फायमी हिजो संक्रमीत भएको समाचार आएको छ। गभर्नर डा. कायडोसँग आफूले गतवर्ष भेट गरेको स्मरण गर्दै थापा भन्छन् ‘जोसँग मैले गतबर्ष दुई पटक उनकै कार्यालयमा भेटी इकिटी राज्यको बिकास र आर्थिक समृद्धिका लागि उनको योजना र खाका बारे बृस्तत रुपमा धारणा सुन्न पाएको थिएँ । र निजी क्षेत्रको ठुला योजनामा लगानी सम्बन्धमा उनका योजना माथी छलफल पनि गर्ने अवसर पाएको थिएँ ।’ उनले गभर्नर डा. कायडोको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
(तस्विर :सन् २०१९ मा गभर्नर डा. कायडोसँग थापा)
वि.सं.२०७७ साउन ९ शुक्रवार १२:२६ मा प्रकाशित






























