back
CTIZAN AD

पोखरीमा डुबेर मृत्यु भएका बालकका परिवारलाई दश/दश लाख दिइने

वि.सं.२०७७ साउन ९ शुक्रवार

813 

shares

९ साउन, सुरुङ्गा । भद्रपुर नगरपालिका-२ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका तीन जना बालकको परिवारलाई रु दश\दश लाख प्रदान गरिने भएको छ । निर्माण कम्पनीले खनेर छाडेका पोखरीमा डुबेर गत बुधबार बालकको मृत्यु भएको थियो ।

बिहीबार उचित क्षतिपूर्तिको माग राख्दै परिवारले शव बुझेका थिएनन् । भद्रपुर नगरपालिका, कमलधाप पर्यटन क्षेत्र विकास समिति र पीडित पक्षसँग भएको छलफलपश्चात् पाँचबुँदे लिखित सम्झौतापछि परिवारले दश घण्टापछि मृतक तीनै जना बालकको शव बुझेका थिए ।

कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणस्थलमा खनिएको पोखरीमा डुबेर भद्रपुर-२ डिगाउँ बस्ने अनिल तामाङका १० वर्षीय छोरा अङ्कुस तामाङ, बिर्तामोड नगरपालिका–९ हाल मावाला बस्दै आएका दीपक थामीका दुई छोरा १४ वर्षीय करण र ११ वर्षीय अर्जुन थामीको मृत्यु भएको थियो । मृत्यु हुनेमा अनिलको शव बुधबार साँझ ७ बजे भेटिएको थियो, भने थामी दाजुभाइको शव बिहीबार बिहान ९ बजे मात्रै भेटिएको थियो ।

थामी दाजुभाइको शव नबुझ्ने भन्दै पीडित पक्षले घटनास्थलमा विहीबार दिनभर न्याय र राहतको माग गर्दै धर्ना दिएका थिए । छलफलपश्चात् भएको सम्झौतामा नगरपालिकाले सम्बन्धित सबै सरोकारवाल पक्ष र सरकारसँग समन्वय गरी मृतकका परिवारलाई रु १० लाखको दरले राहत उपलब्ध गराउने, पीडित पक्षको सम्बन्धित व्यक्तिलाई यस कमलधापमा सञ्चालित परियोजनामा रोजगारको व्यवस्था, निर्माणाधीन स्थलमा पुनः यस्ता घटना नदोहोरिनको लागि निर्माणस्थलमा सुरक्षाको व्यवस्था, कमलधाप पर्यटन क्षेत्र विकास समिति खारेज र पीडितका परिवारलाई ३५ दिनभित्रमा राहतलगायतको सम्झौता कार्यान्वयन गर्ने निर्णय भएको छ ।

सम्झौतापत्रमा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, २ नम्बर वडाध्यक्ष भीमबहादुर सुब्बा, बिर्तामोड नगरपालिका–९ नम्बर वडाका सदस्य हरि चम्लागाई र बालकृष्ण कार्की, नेकपाका भद्रपुर अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली काँग्रेसका राजु गिरी, तामाङ समाजका दलबहादुर लामा, थामी समाजका मेघराज थामी, कमलधाप पर्यटन क्षेत्र विकास समितिका राजु दाहाल, सुब्बे थामी र पूर्णबहादुर तामाङले हस्ताक्षर गरेका छन् । रासस

वि.सं.२०७७ साउन ९ शुक्रवार १२:४० मा प्रकाशित

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...