काठमाडौं । जनता समाजवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले मुलुक गम्भीर संकटतिर पुगेको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा भट्टराईले लोकतान्त्रिक ढंगबाट मुलुकको संकटमोचन गर्नुपर्ने धारणा राखेका छन् ।
उनले संकटमोचनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदाई गर्दै ५ विकल्पमा जानुपर्ने प्रस्ताव गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले तत्कालै संसद अधिवेशन बोलाउन, ओलीलाई विदा गर्दै नयाँ प्रधानमन्त्री चयन गर्न, गलत निर्णय गर्ने न्यायधीशमाथि महाभियोग लगाउन, भ्रष्टचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति पद्धतिमा जान प्रस्ताव गरेका छन् ।
देश गम्भीर संकटतिर जाँदैछ।लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं:१.संसद अधिवेशन बोलाऊँ;२.KPOलाई विदा गरेर नेकपाभित्रैबाट नयाँPMचयन गरौं;३.अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ;४.भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठनगरौं;५.प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ!
— Baburam Bhattarai (@brb1954) July 24, 2020
भट्टराईले लामो समयदेखि ओलीको बर्खास्ती हुनुपर्ने बताउँदै आएका छन् । उनले ओलीको बर्खास्ती नगरीए देश गम्भीर संकटतिर जाने र सार्वभौम सत्तामाथि नै प्रश्न उठ्नेसम्मको अवस्था आउने तर्क प्रस्तुत गर्दै आएका छन् ।
वि.सं.२०७७ साउन ९ शुक्रवार १२:४९ मा प्रकाशित






























