९ साउन, काठमाडौं । दिनप्रतिदिन बढ्दै गएको सुनको भाउ आज एकैदिनमा १३ सय रुपैयाँले बृद्धि भएर नयाँ रेर्कड कायम गरेको छ ।
बुधबार ९४ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको भाउ एकैदिन १३ सयले बढेर ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९५ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको भाउ पनि बढेको छ ।

विहिबार प्रतितोला १ हजार १३५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ११ सय ५० मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
वि.सं.२०७७ साउन ९ शुक्रवार १२:५४ मा प्रकाशित






























