back

एसिड प्रहार गरेको अभियोगमा दुई जना पक्राउ

वि.सं.२०७७ साउन ९ शुक्रवार

633 

shares

९ साउन, काठमाडौं । २२ वर्षीया महिलालाई एसिड प्रहार गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १५ डल्लु बस्ने रौतहट लक्ष्मीपुर ४ घर भएका ४७ वर्षीय गार्मेन्ट व्यवसायी मोहमद आलम र भारत विहार घर भई काठमाडौं डल्लु बस्ने २३ वर्षीय फैयाज अलाम रहेका छन् ।

पीडित महिला काम गर्ने गार्मेन्टको मालिकले उसको इच्छा अनुसार नचल्दा अर्का कामदार फैयाजलाई प्रयोग गरी एसिड प्रहार गरेको खुल्न आएको छ। पीडीत महिलाको मोहमदको गार्मेन्टमा ३ वर्ष अघिदेखि काम गरिरहेकी दिदिले उनलाई पनि सोही गार्मेन्टमा काम लगाएकओ थिइन। करीब १ महिना काम गर्ने दौरानमा मोहमदसँग चिनजान भएकोमा उनको ईच्छा अनुकूल नचल्दा सोही कुराको बदला लिने उद्देश्यले गार्मेन्टमै काम गर्ने फैयाजलाई प्रयोग गरी एसिड प्रहार गर्न लगाएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

यस घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

वि.सं.२०७७ साउन ९ शुक्रवार १६:१५ मा प्रकाशित

चुनावका लागि दातृ निकायको मुख ताक्नु नपर्ने अर्थमन्त्रीको भनाइ, यसरी जुटाइदैछ बजेट

चुनावका लागि दातृ निकायको मुख ताक्नु नपर्ने अर्थमन्त्रीको भनाइ, यसरी जुटाइदैछ बजेट

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ मा हुन...

सभामुख र उपसभामुखद्वारा संसद् भवन निरीक्षण

सभामुख र उपसभामुखद्वारा संसद् भवन निरीक्षण

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा उपसभामुख इन्दिरा रानाले...

एनआईसी एशियाका सीईओ न्यौपानेले राजीनामा दिए

एनआईसी एशियाका सीईओ न्यौपानेले राजीनामा दिए

काठमाडौँ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन...

निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह

निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न...

हिमालयन बैंकको चाहाबलि २ शाखा स्थान्तरण, बालुवाटार शाखामा रुपान्तरण

हिमालयन बैंकको चाहाबलि २ शाखा स्थान्तरण, बालुवाटार शाखामा रुपान्तरण

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरु मध्ये...

अन्तरराष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने

अन्तरराष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने

काठमाडौँ । अन्तरराष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने भएको...