काठमाडौँ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन् ।
बैकका अनुसार उनले असोज १ गते सीईओ पदबाट राजीमा बुझाएका हुन् । आज बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामालाई स्वीकृत समेत गरिसकेको छ ।
अब कायमुकायम सीईओको जिम्मेवारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष कुमार राठीले समाल्ने गरी संञ्चालक समितिले जिम्मेवारी दिएको छ ।
वि.सं.२०८२ असोज २ बिहीवार १६:५३ मा प्रकाशित






























