back
CTIZAN AD

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

वि.सं.२०८३ असार २६ शुक्रवार

225 

shares
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार भएको बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था  इपानका पदाधिकारीहरूसँग आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवद्र्धनमा पनि उर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताए।
उनले नेपालमा उर्जा उत्पादन तथा प्रवद्र्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयहरूलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिइएको स्पष्ट गरे ।
प्रधानमन्त्री शाहले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक सहजीकरण र समाधानका लागि अघि बढ्ने आश्वासन पनि इपानका पदाधिकारीहरुलाई दिएका थिए ।
त्यस छलफलका क्रममा ऊर्जा क्षेत्र, जलविद्युत् विकास, उर्जामा निजी क्षेत्रको लगानी र वातावरण, उद्योग–व्यवसाय प्रवद्र्धन र यसमार्फत मुलुकको अर्थतन्त्रको विकास जस्ता विषयमा छलफल तथा संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा इपानका तर्फबाट विद्युत् खरिद सम्झौता, पिपिएको सहजीकरण, रोकिएका आयोजनाहरू अघि बढाउने विषय, प्रसारण लाइन तथा ग्रिड एक्सेसको समस्या समाधान, वन–वातावरण र जग्गा प्राप्तिसम्बन्धी प्रक्रियामा सरलीकरण, अनुमतिपत्र नवीकरणमा सहजीकरण, विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता लगायतका क्षेत्र तथा विषयमा समेत छलफल भएको थियो ।
साथै प्रधानमन्त्री शाहसँग लगानी सुरक्षा तथा ऊर्जा क्षेत्रलाई थप लगानीमैत्री बनाउने विषयमा पनि आवश्यक छलफल भएको थियो ।
त्यस छलफलका क्रममा प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार र प्रमुख स्वकीय सचिव सुवास शर्मा, स्वकीय सचिव नविन भण्डारी पनि उपस्थित थिए ।
त्यसैगरी सो छलफलमा इपानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन, उपाध्यक्षहरु हिमप्रसाद पाठक, सुशन कर्माचार्य र उत्तरकुमार श्रेष्ठ, प्रमुख सल्लाहकार गणेश कार्की, महासचिव टिएन आचार्यलगायतको सहभागिता रहेको थियो ।

वि.सं.२०८३ असार २६ शुक्रवार १७:०४ मा प्रकाशित

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

काठमाडौँ । करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ ।...

मृत अवस्थामा केसी

मृत अवस्थामा केसी

दाङ । स्थानीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका...