back
CTIZAN AD

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

वि.सं.२०८३ साउन २० बुधवार

129 

shares

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव, डिजेल तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र दैनिक उपभोग्य वस्तुको बढ्दो महँगीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संयोजक दामा शर्मा र सहसंयोजक मुनु सिग्देलद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा एलपी ग्यासको कृत्रिम अभाव, पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा दैनिक उपभोग्य वस्तुको चर्को महँगीका कारण विशेषगरी महिला, गरिब तथा श्रमजीवी वर्गको दैनिक जीवन कष्टकर बन्दै गएको उल्लेख छ ।

केही दिनयता देशभर उपभोक्ताले ग्यासका लागि दिनभर र रातभर लामो लाइनमा बस्नुपरेको अवस्था रहेको भन्दै सरकारले अभाव नरहेको दाबी गरे पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको विज्ञप्तिमा जनाइएको छ।

सङ्गठनले आधा सिलिन्डर ग्यास बिक्री गर्ने प्रवृत्तिले समस्या झन् बढाएको उल्लेख गर्दै उपभोक्तालाई पूर्ण भरिएको सिलिन्डर सहज रूपमा उपलब्ध गराउन सरकारसँग माग गरेको छ। घरपरिवारको व्यवस्थापनको मुख्य जिम्मेवारी महिलामाथि पर्ने भएकाले यसको सबैभन्दा ठूलो असर पनि महिलामाथि परेको विज्ञप्तिमा उल्लेख छ।

अनेमसंघले खाना पकाउने ग्यासको अभाव र खाद्यान्नसहित अत्यावश्यक वस्तुको मूल्यवृद्धिले नागरिकको खाद्य अधिकार प्रभावित भएको जनाएको छ। यसले संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा खाद्यसम्बन्धी मौलिक अधिकारमाथि प्रत्यक्ष असर पुगेको दाबी गरिएको छ।

सङ्गठनले सरकारसँग एलपी ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न, कृत्रिम अभाव र कालोबजारी अन्त्य गर्न, इन्धन तथा अत्यावश्यक वस्तुको मूल्य नियन्त्रण गर्न र महिला, गरिब तथा श्रमजीवी वर्गको जीवनयापन सहज बनाउन तत्काल प्रभावकारी कदम चाल्न माग गरेको छ।

जनताको आधारभूत आवश्यकताका वस्तुलाई नाफाको माध्यम बनाउन नहुने उल्लेख गर्दै त्यस्ता वस्तुको सहज र सर्वसुलभ आपूर्ति सुनिश्चित गर्नु राज्यको संवैधानिक दायित्व भएको अनेमसंघको भनाइ छ। सङ्गठनले नागरिकको बाँच्न पाउने अधिकार, खाद्य अधिकार र सामाजिक न्यायको पक्षमा निरन्तर आवाज उठाइरहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

 

वि.सं.२०८३ साउन २० बुधवार १२:४४ मा प्रकाशित

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...