back
CTIZAN AD

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

वि.सं.२०८३ साउन २० बुधवार

48 

shares

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको पहिचान खुलेको छ। दुर्घटनामा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, पाल्वा निवासी ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–२०, बागबजार निवासी २५ वर्षीय निश्चल तामाङको घटनास्थलमै मृत्यु भएको रोमानियाको बाकाउ प्रहरीले जनाएको छ।

पूर्वअवैतनिक नेपाली वाणिज्यदूत नवराज पोखरेलका अनुसार घटनाबारे नेपालमा रहेका मृतकका परिवारलाई जानकारी गराइसकिएको छ। साथै, मृतकहरूको शव नेपाल पठाउन आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको उनले जानकारी दिए।

दुर्घटना रोमानियाको राजधानी बुखारेस्टबाट करिब ३०८ किलोमिटर टाढा पर्ने बाकाउ सहरको चिमिई रेल–सडक खण्डमा गत अगस्ट २ (आइतबार) स्थानीय समयअनुसार बिहान ३:२१ बजे भएको थियो।

प्रहरीको प्रारम्भिक जानकारीअनुसार रेलमार्ग आसपासको क्षेत्र अँध्यारो र झाडीले ढाकिएको कारण उनीहरुले रेलबारे थाहा पाएनन् जसका कारण तीव्र गतिमा आएको रेलले उनीहरुलार्ई ठक्कर दिँदा दुवैको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

दुर्घटनाका बेला उनीहरूसँग रहेका अन्य दुई नेपाली कामदार भने रेलको हावाको चापले छेउको झाडीमा फालिँदा घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको जनाइएको छ। दुर्घटनाको वास्तविक कारणबारे रोमानियाली प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

रोजगारीका लागि रोमानिया पुगेका शान्तकुमार श्रेष्ठ २७ मे २०२३ मा त्यहाँ पुगेका थिए भने निश्चल तामाङ करिब चार वर्षअघि रोजगारीका लागि रोमानिया गएका थिए। उनीहरू सेम डे सोलुसन कम्पनीमार्फत टीआरके एजेन्सीको सहकार्यमा कुरिअर वेयरहाउसमा कार्यरत रहेका थिए।

 

वि.सं.२०८३ साउन २० बुधवार १३:१४ मा प्रकाशित

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....