back
CTIZAN AD

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

वि.सं.२०८३ साउन २० बुधवार

96 

shares

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा काठमाडौंकी याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

याङ्की विकास अर्थशास्त्री तथा सार्वजनिक नीति, दिगो विकास र लगानी क्षेत्रकी विज्ञ हुन्। उनीसँग युएनडीपीमा सल्लाहकारको रूपमा काम गरेको अनुभव पनि छ। अर्थ मन्त्री डा स्वर्णिम वाग्लेको नेतृत्वमा रहेको सिफारिस समितिले बोर्डको सीइओको लागि याङ्की सहित मनोज पौडेल र सुमनमानसिंह बस्नेतको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो।

बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्षमा प्रा डा खड्गबहादुर केसी (पर्वत) र सचिवमा प्राध्यापक डा रोजी श्रेष्ठ (भोजपुर)लाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा प्रा. डा. खड्गबहादुर केसी र सचिव पदमा प्रा। डा। रोजेश श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ। साथै, तथ्याङ्क पहिलो संशोधन नियमावली–२०८३ पनि स्वीकृत गरिएको छ।

यस्तै, मन्त्रिपरिषद्ले नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश–२०५४ खारेज गर्दै उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिएको छ।

बैठकले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवार तथा घाइतेहरूका लागि क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय पनि गरेको छ।

यसैगरी, पशु बधशाला तथा मासु जाँच ऐन–२०५५ लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने तथा बालबालिकासम्बन्धी पहिलो संशोधन विधेयक–२०८३ संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

वि.सं.२०८३ साउन २० बुधवार १४:१७ मा प्रकाशित

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...