back
CTIZAN AD

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

वि.सं.२०८३ असार २६ शुक्रवार

762 

shares

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक सञ्जालमार्फत भावुक प्रतिक्रिया व्यक्त गर्दै राज्यका निकाय र विशेषगरी काठमाडौं महानगरपालिकाको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएकी छन्।

उनले आफ्नो स्टाटसमा गणेशको आत्मदाह कुनै एक दिनको घटना नभई गरिब, सडक व्यापारी र सुकुम्बासीमाथि लामो समयदेखि हुँदै आएको व्यवहारको परिणाम भएको दाबी गरेकी छन्। वमले काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) शाहको नेतृत्वमा महानगर प्रहरीमा अमानवीय र असंवेदनशील कार्यशैली संस्थागत भएको आरोप लगाएकी छन्।

उनको भनाइ अनुसार, चुनावअघि सडक व्यापारी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका बालेन शाह महानगरको नेतृत्वमा पुगेपछि गरिबमुखी नीति अपनाउन नसकेको आरोप लगाएकी छन्। उनले सडक व्यापारी, सुकुम्बासी तथा श्रमिक वर्गप्रति भएको व्यवहारले समाजमा असन्तोष बढाएको उल्लेख गरेकी छन्।

वमले कर्णालीमा सडक किनारमा व्यापार गर्ने महिला, अटो व्यवसायी तथा अन्य गरिब नागरिकमाथि भएका घटनालाई पनि उदाहरणका रूपमा उल्लेख गर्दै यस्ता घटनाले राज्यप्रतिको विश्वास कमजोर बनाएको दाबी गरेकी छन्।

स्टाटसमा उनले गणेशको मृत्युपछि घटनाको मूल कारणभन्दा अन्य विषयमा बहस मोड्ने प्रयास हुन सक्ने आशंका व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन र जिम्मेवारी निर्धारणको माग गरेकी छन्।

स्टाटसको अन्त्यमा उनले लेखेकी छन्:  “अलविदा गणेश। धेरै सतायो यो राज्यले। अब आराम गर।”

वि.सं.२०८३ असार २६ शुक्रवार १८:०५ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...