back
CTIZAN AD

कविता : हे भानु आऊ अब

वि.सं.२०८३ असार २७ शनिवार

636 

shares

विदुर अधिकारी,रामपुर, चितवन

जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा दिन
जन्मेको स्थल त्यो थियो तनहुँको,रम्घा चुँदी माझमा
हौ सच्चा अनुवाद गर्न सहजै,सक्ने तिमी साधक
त्यो रामायण फेरि लेख्नु छ अझै,हे भानु आऊ अब।
(१)
बाजे कृष्ण थिए धनञ्जय पिता,धर्मावती मातृका
सानैमा कविता सिलोक लयमा,भन्थ्यौ अरे सर्वदा
घाँसीबाट सिकेर पाठ गुनिलो,बन्दै गयौ साधक
त्यो रामायण फेरि लेख्नु छ अझै,हे भानु आऊ अब।
(२)
बाजेबाट सुनेर शास्त्र महिमा,बन्दै गयौ शिक्षित
लेख्यौ राम कथा अहा!सुरसिलो,उल्था गरी संस्कृत
नेपालीपनको उजागर गरी,भाषा मिलायौ सब
त्यो रामायण फेरि लेख्नु छ अझै,हे भानु आऊ अब।
(३)
ती प्रश्नोत्तर आदि पुस्तकहरू,लेख्यौ नि रामायण
साँचो जीवनका व्यथा अनि कथा,लेख्यौ नियालीकन
सारा यी घरबार वर्णन गरी,साँचो बतायौ सब
त्यो रामायण फेरि लेख्नु छ अझै,हे भानु आऊ अब।
(४)
मोतीराम भएर माध्यम सबै,छापे जसै सिर्जना
तिम्रो कीर्ति समस्त फैलिन गयो,बढ्दै गयो तिर्सना
हाम्रा राष्ट्रविभूति, आदिकवि हौ,सम्मानका लायक
त्यो रामायण फेरि लेख्नु छ अझै,हे भानु आऊ अब
(५)

छन्द : शार्दूलविक्रीडित
गण : म – स – ज – स – त – त – गु
सङ्केत : SSS – IIS – ISI – IIS – SSI – SSI – S

वि.सं.२०८३ असार २७ शनिवार ०५:०५ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...