back
CTIZAN AD

गजल

वि.सं.२०८३ असार २७ शनिवार

762 

shares

रमा खतिवडा,पोखरा

खोज्छ हाँस्दै रम्न सकभर जिन्दगी
बन्छ हरपल दु:खको घर जिन्दगी

गर्छु राम्रो मिल्छ अपजस नै सधैँ
भाग्यमानी छैन खप्पर जिन्दगी

लोभ ईर्ष्या पाप बोक्दै मनभरि
शान्ति खोज्दै पुज्छ पत्थर जिन्दगी

फूलजस्तै फुल्छ एकदिन सुक्छ यो
पातजस्तै हुन्छ पतकर जिन्दगी

कष्टमा छन् कोही कोही मस्त छन्
जन्म उस्तै कर्म अन्तर जिन्दगी

बहर : रमल मुसद्दस महजुफ
अर्कान : फाइलातुन्, फाइलातुन्, फाइलुन्
वजन : २१२२ – २१२२ – २१२
काफिया : अर
रदिफ : जिन्दगी
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८३ असार २७ शनिवार ०५:०६ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...