काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी त्यागेका पूर्वमन्त्री सुनिलबहादुर थापा कांग्रेस प्रवेश गरेका छन् । गत शनिबार पार्टी त्यागको घोषणा गरेका उनी मंगलबार कांग्रेस प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गरेका थापालाई कांग्रेसका शीर्ष नेताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम आयोजित गरि पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश कार्यक्रममा उनीसहित राप्रपा परित्याग गरेका रामकृण भट्टराई , विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामपदारत शाह, सुरेश बस्ने, प्रतिमा राणा श्रेत्री, टिकाजंग थापा, नारायण राउत र ईन्द्रबहनदुर तामाङ पनि काँग्रेसमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा उनले कांग्रेस नेताको भाग खोस्न नभइ साथममा अघि बढ्न आएको बताए । राप्रपा परित्याग गरी मंगलबार नेपाली कांग्रेस प्रवेश गरेका सुनीलबहादुर थापाले आफू लोकतान्त्रिक पद्धतिमा थप उर्जा दिन कांग्रेसमा प्रवेश गरेको बताएका छन्।
‘मेरो एउटा जिम्मेवारी थपिएको छ कि नेपालको लोकतान्त्रिक पद्धतिमा थप उर्जा दिनको लागि हामी नेपाली कांग्रेसमा प्रवेश गर्याैं’ पार्टी प्रवेश गर्दै गर्दा थापाले भने ।
थापा पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा हुन् । उनी राप्रपा र राप्रपा संयुक्तबीचको एकतापछि असन्तुष्ट थिए ।
वि.सं.२०७७ साउन १३ मंगलवार १७:४० मा प्रकाशित






























