back
CTIZAN AD

उपरथी हमालद्धारा फोर्स कमान्डरको कार्यभार ग्रहण

वि.सं.२०७७ साउन १७ शनिवार

675 

shares

१७ साउन, काठमाण्डौं । नेपाली सेनाका उपरथी ईश्वर हमालले संयुक्त राष्ट्रसङ्घको सिरियास्थित शान्ति मिसन (अनडोफ) फोर्स कमान्डरको कार्यभार सम्हालेका छन् ।

उक्त मिसनका निमित्त प्रमुख एमिदो मिसेलसँग गत शुक्रबार आयोजित समारोहमा उनले कार्यभार बुझेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यसबखत त्यहाँ तैनाथ शान्ति सैनिकको एक टुकडीले उनलाई सम्मानगारत अर्पण गरेको थियो ।

सो अवसरमा उपरथी हमालले शान्तिस्थापनामा सहयोग पु¥याउने मिसनको प्राथमिक लक्ष्य हासिल गर्न सबैको सहयोगको अपेक्षा गरे । संयुक्त राष्ट्रसङ्घका महासचिवले उपरथी हमाललाई गत फागुन १२ गते फोर्स कमान्डरमा नियुक्त गरेका थिए ।

कोभिड–१९ को जोखिमका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएपछि उनलाई त्यसतर्फ जान केही ढिलाइ भएको थियो । शान्ति मिसनको फोर्स कमान्डरको जिम्मेवारी सम्हाल्ने उपरथी हमाल छैटौँ नेपाली उच्च सैनिक अधिकृत हुन् ।

वि.सं.२०७७ साउन १७ शनिवार ०७:०४ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...