back
CTIZAN AD

तपाई पनि पैँयुमा आएर प्राकृतिक सौन्दर्यको मजा लिदै रमाउने पो हो कि !

वि.सं.२०७७ साउन १८ आइतवार

1.1K 

shares

प्रकृतिप्रेमी पुजा, पर्वत । हरियो घुम्टो ओढेका पहाड परिहरुले पर्बतको जम्मै सौन्दर्य लुकाएर राखेको ठाँउ हो, पैँयु । प्राकृति छटा, मनोरम दृश्य, खोलाको सुसावट, एतिहासिक मन्दिर तथा गुफाहरु, झोलेङ्गे पुल आदि यहाँका लोभलाग्दा आकर्षण हुन्।

पर्यटकीय गन्तव्यहरुको गाउँपालिकामा धेरैको आँखा नपुगेको तर पर्यटक कुरेर बसेको एउटा झरना रहेको छ, नाके झरना । स्थानीय मानिसहरु आक्कलझुक्कल घाँस दाउरा गर्न पुगे पनि पर्यटकीय आकर्षण बन्न सक्ने यो झरनाबारे प्रचारप्रसार नुहँदा ओझलेमा परेको छ ।

पैँयु गाउँपालिका वडा नं ६ सरौखोला नजिक जङ्गलको बीचमा रहेको यो झरना पैँयुखोलाको विशेष पर्यटकीय गन्तव्य बन्न सक्छ । झण्डै ३० फिट लम्बाइमा रहेको नाके झरना वर्षैभरि अटुटरुपमा प्रवाह हुने गरेको छ ।

कडा चट्टानको छाँगाबाट निरन्तर फोहोरासहित झर्ने यो झरना वरपरको सदावहार जङ्गल्, नाक आकारका डाँडाहरु र त्यससँगै चराहरुको चिरविराहटले थप आनन्दस्थलको रुपमा रहेको छ। झरनासंगै रुझेर सेल्फी लिदा खुसिको सिमा नै हुँदैन ।

उक्त स्थान हेर्नलाई सरौंखोला तरेर मटर बाटो हुँदै पहिलो मोडबाट उकालो लागेपछि झरना नजिक पुग्न सकिन्छ ।त्यही छहराबाट तीन ठाउमा झरना बनेका छन। अघाउन्जेल सप्तरङ्गी इन्द्रणीको दृष्य हेर्न पाइन्छ। हातेमालो चोकबाट दुई किमि मात्र टाढा तर गहिरा, खोल्सा तथा जंगली जनावरको डर र एकान्त छाँगो भएकोले एक्लै जान जोखिम पनि हुन सक्छ । यस स्थानसम्म पुग्न पैदल बाटोको व्यवस्था गर्न सकेमा पर्यटकहरु खुव घुम्न आउने थिए । यो स्थानको नाम प्रचार प्रसार भइ थप जिर्णोदार हुने थियो।

वि.सं.२०७७ साउन १८ आइतवार १३:०३ मा प्रकाशित

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

संगीता राई, धरान (सुनसरी) । साँझ पर्न थालेको छ ।...