काठमाडौं । सुनको मुल्यमा दिनदिनै नयाँ रेकर्ड बनेको छ । बुधबार १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको सुन बिहिबार पुनः बढेर १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले जनाएअनुसार बुधबारको तुलनामा आज (बिहिबार) सुन तोलामा ११ सय रुपैयाँले बढेको हो । यसअघि बुधबार पनि सुनको मुल्यमा १ हजार ६ सय रुपैयाँले बढेको थियो ।

महासंघका अनुसार सुनको मुल्यमा बढोत्तरी आएसँगै चाँदीको मुल्यमा पनि बढोत्तरी आएको छ । बुधबारको तुलनामा ५० रुपैयाँले बढ्दै चाँदीको मुल्य पनि प्रतितोला १ हजार ३ सय ४५ पुगेको छ । यसअघि बुधबार चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०७७ साउन २२ बिहीवार ११:५१ मा प्रकाशित






























