back
CTIZAN AD

विदेशबाट फर्किएर गाई पालन गर्दै पाल्पाकी पम्फा

वि.सं.२०७३ पुस १७ आइतवार

1.5K 

shares

gai१७ पुस,रामपुर पाल्पा, । घरायसी खर्च जुटाउन आर्थिक अभावमा तानसेन नगरपालिका–११ की पम्फा पाण्डे विदेश पुग्नुभयो । खाडीमा पसिना बगाएर गएको ऋण तिर्न, एकसरो कपडा लगाउन र दुई छाक खान मुस्किल परेपछि उहाँ स्वदेश फर्किनुभयो ।

बालबच्चाको लालनपालन, उनीहरुको उज्यालो भविष्य बोकेर बिदेसिनुभएकी पाण्डेको सपना सबै खाडीको मरुभूमिमा विलिन भएपछि स्वदेश फर्किएर गाई फार्म सञ्चालन अहिले गर्नुभएको छ ।

चार वर्षअघि सहकारीबाट रु १० लाख ऋण झिकेर गाई फार्ममा लगानी गर्नुभयो । दुईवटा गाईबाट सुरु गरेको व्यवसायमा अहिले रु २५ लाखको लगानी पु¥याउनुभएको छ ।

गाईबाट आयस्रोत बढ्दै गएपछि दिगो रुपमा व्यवसाय चलाउने सोच राखेर पक्की फार्म निर्माण र उन्नत गाई खरिदमा खर्च गर्नुभएको छ । उहाँको फार्ममा अहिले आठवटा गाई र दुईवटा भैँसी रहेका छन् ।

उहाँ भन्नुहुन्छ – “सामान्य घरखर्च चलाउन पनि निकै कष्ट भएपछि चारजना बालबच्चा घरमा छोडेर विदेश गएँ”, “विदेशको तातो हावामा राम्रो कमाइ गर्न पनि सकिएन, मनमा भारी पिर बोकेर घर फर्किएँ” – उहाँले भन्नुभयो ।

गाई पालेर दूध बिक्रीबाट आम्दानी होला कि भनेर व्यवसाय चलाएको अहिले नसोचेको आम्दानी भइरहेको उहाँले बताउनुभयो ।

“लगानी राम्रो गरियो भने उत्पादन पनि बढ्ने रहेछ, दिनमा सरदरमा ७० लिटरसम्म दूध उत्पादन हुने गर्छ” – पाण्डेले भन्नुभयो । उहाँले मासिक रु ४० देखि ५० हजारसम्म आम्दानी गर्नुहुन्छ । पशुलाई आहारमा राम्रोसँग हेरचाह गरियो भने थोरै गाईबाट पनि मनग्य आम्दानी लिन सकिने अनुभव उहाँले सुनाउनुभयो ।

वि.सं.२०७३ पुस १७ आइतवार ०३:१५ मा प्रकाशित

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

विश्व इतिहासमा कृषि उत्पादन वृद्धिका दृष्टिले “हरित क्रान्ति” (Green Revolution)...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपाल एक कृषि प्रधान देश हो। यहाँको जनसंख्याको ठूलो हिस्सा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...