back
CTIZAN AD

धनी कसरी हुने ?

वि.सं.२०७३ पुस १६ शनिवार

1.4K 

shares
सन्तोष पाण्डे 'चुलबुले'
सन्तोष पाण्डे ‘चुलबुले’

धनि हुने चाहाना सबैको हुन्छ तर चाहाना राखेर मात्र धनी हुन भने सकिँदैन। धेरैले भन्छन मेहेनत गरेर धनी हुन सकिन्छ तर बास्तबिकता धेरै मेहनत गर्नेहरु नै सबै भन्दा गरिब छन।धनी कसरी हुने भन्ने सम्बन्धमा धेरै दिग्गज अर्थसाश्त्री तथा लेखकहरुले धेरै पुस्तक तथा लेखहरु प्रकाशित गरेका छन तरपनी मानिसहरु धनी हुन सकिराखेका छैनन। म यहाँ धनी हुने एकमात्र उपाएका बारेमा बताउन गैराखेको छु र त्यो हो बचत। हो तपाइले आर्जन गरेको पैसा बचत गर्न सक्नुभयो र तपाइको त्यो बचत नाफामा छ भने मात्रै तपाईं धनी हुन सक्नुहुनेछ।(धनी हुनको निम्ति बचत गरेर मात्र हुदैन तपाइको बचत नाफामा हुनु पनि जरुरी छ।) अब तपाइले दुख गरेर आर्जन गरेको केही रकम बचत त गरिराख्नु भएको छ तर तपाइको त्यो बचत नाफामा छ कि घाटामा छ पहिला त्यो बारेमा जानकारी राख्नुहोस।

– यदि तपाईंले बर्षभरीमा एक लाख रुपैया बचत गर्नुभयो तर त्यो रकम तपाईंले घरको दराजमा सुरक्षित साथ राख्नुभयो भने बुझ्नुस तपाइको बचत घाटामा छ। दराजमा पैसा बचत गरेर तपाईं धनी हुनुको सट्टा झन गरिब हुनुहुदैछ।नेपालको औसत बार्षिक मुद्रास्फृती दर( inflation rate) ८.५% रहेको छ तेसैले तपाइको बचतले बार्षिक ८.५% भन्दा धेरै कमाउन सकेन भने तपाईं धनी हुन सक्नुहुने छैन।

– अहिले नेपाली बैन्कहरुले बचत खातामा अधिकतम ४% सम्म ब्याज दिइराखेका छन। तपाइले आफ्नो एक लाख बचत बैन्कमा बचत खातामा राख्नुभयो भने अर्को बर्ष तपाइले एक लाख चार हजार पाउनुहुनेछ तर तपाइले अहिले एक लाखमा खरिद गर्न सक्ने बस्तु अर्को बर्ष एक लाख आठ हजार पाच सय पर्न जानेछ। ल खत्तम भयो बैन्कको बचत खातामा पैसा राख्दा पनि मेरो बचत घाटामा गयो। Actual Interest= Nominal interest- inflation = ४%-८.५% =-४.५% तपाइको बचत ४.५% घाटामा गयो।

– अब नेपाली बैन्कहरुले अहिले मुद्दती खातामा अधिकतम ८.५% ब्याज दिइराखेका छन।तपाइले यदि मुद्दती खातामा एक लाख बचत रकम राख्नुभयो भने तपाइले एक बर्षमा १,०८,५००/- रुपैया प्राप्त गर्न सक्नुहुनेछ। Actual Interest= Nominal interest- inflation = ८.५%-८.५% = ०% मुद्दती बचतमा पैसा राख्दा पनि तपाईं धनी हुन सक्नुभएन।तपाईं जस्ताको तस्तै रहनु भयो। बैन्कमा पैसा राखेर तपाईं धनी हुन सक्नुभएन अब कसरी धनी हुने त ? अब धनी हुनका निम्ति तपाइको बचतलाई लगानी गर्नुपर्ने भयो। लगानी कहाँ गर्ने त? यसका निम्ति धेरै बिकल्प हुन सक्छन।

-१) सुन/चादी वा बहुमुल्य धातुमा लगानी।

-२) जग्गामा लगानी।

-३) शेयर बजारमा लगानी।

१) तपाइले बचत गरेको रकम सुन/ चादी तथा बहुमुल्य धातुमा लगानी गर्न सक्नुहुनेछ।बिगतदेखिको सुन/ चादिको मूल्य हेर्दा यिनिहरुको मूल्य धेरै प्रतिसतले क्रमश बृद्दी हुँदै गैराखेको छ।तर यस्मा जोखिम भने छ। तपाइले सुन खरिद गरेर राख्नुभयो भने हराउने चोरी हुने पनि हुन सक्छ त्यसैले यस्ता बस्तुहरुमा लगानी गर्नेहरुले विशेष साबधानी तथा सुरक्षा भने अपनाउनु पर्दछ। सुन/ चादिको मूल्य विभिन्न समयमा घटबढ हुने हुदा दैनिक मुल्यमा जानकार भै मूल्य कम हुदा खरिद गर्ने र मूल्य बढ्दा बिक्री गर्नु भयो या लामो समयसम्म राखिराख्नु भयो भने तपाइले मनग्य आम्दानी गर्न सक्नुहुनेछ र तपाईं धनी हुन सक्नुहुनेछ।

२)नेपालमा अर्को आकर्षक लगानिको छेत्र भनेको जग्गा हो।बिगत देखिको जग्गाको मुल्यांकन हेर्दा जग्गामा लगानी गर्नेहरुले धेरै कमाएका छन।तर तुलनात्मक रुपमा यस्मा लगानी गर्न अल्लि ठूलो रकमको आवश्यकता पर्दछ।जग्गाको मुल्या खासै घट्ने भन्ने हुदैन तर कहिले अत्याधिक चलाएमान हुन्छ भने कहिले अल्लि अस्थिर हुन्छ।राम्रो भौगोलिक बनावट र शहर उन्मुख स्थानको जग्गामा लगानी गरेको खण्डमा, प्रशस्त पैसा कमाउन सकिन्छ।

३) लगानिको अर्को सजिलो र नबिनतम उपाय शेयर बजार हो।शेयर बजारमा तपाइको बचत थोरै होस या धेरै सजिलै लगानी गर्न सकिन्छ। जग्गामा लगानी गर्न जस्तो धेरै पैसा यस्मा नभए पनि हुन्छ।शेयर खरिद बिक्रीको लागि एकदम सजिलो पनि छ। तर शेयर बजारमा लगानी गर्नको निम्ति शेयर बजारका आधारभुत कुराहरु र लगानी गर्न चाहेको कम्पनीको बारेमा जानकारी भने राख्नुपर्दछ। यो बजारमा लगानी गर्नको निम्ति eps, p/e, networth, paid up capital, reserve जस्ता सामन्य शब्दहरु सङ्ग भने परिचित हुनु पर्दछ।शेयर बजारमा अल्पकालिन तथा दीर्घकालीन दुबै हिसाबले लगानी गर्न सकिन्छ।यो बजारको गुण भनेको चाहेको समयमा खरिद र बिक्री गर्न सकिनु हो। यो बजारमा धेरै उतारचढाव आउने गर्दछन।

यदि तपाइले बजार घटेर तल आउदा किन्न र बढेर माथी जादा बेच्न सक्नुभयो भने अल्पकालीन लगानिमै यथेष्ट पैसा बनाउन सक्नुहुनेछ। यदि तपाईं दिर्घकालिन लगानी गर्न चाहनुहुन्छ भने हरेक बर्ष पौष/ माघ महिनामा लगानी गर्न सक्नुहुनेछ। बिगतको शेयर बजारको प्रबृती हेर्दा हरेक बर्ष पौष/ माघमा केही तल आएको देखिन्छ।

तपाइले शेयरमा लगानी गर्दा नगद भन्दा बोनस धेरै दिने, बार्षिक २०% भन्दा धेरै लाभांश दिने, र बार्षिक लाभांशको दर बढाउदै लगेका कम्पनिका शेयरमा लगानी गर्नु फाइदाजनक हुनेछ। यदि तपाइले बार्षिक २०% बोनस शेयर दिने कम्पनिमा लगानी गर्नुभयो भने। Actual interest= Nominal interest- inflation = २०%-८.५% = ११.५% अब तपाइको बचत रकमले बार्षिक ११.५% नाफा कमाइराखेको छ भनेर बुझ्नुहोस।तपाईंको बचत नाफामा छ। तपाइको बचत नाफामा हुनु भनेको तपाईं पहिला भन्दा धनी भैराख्नु भएको छ।

वि.सं.२०७३ पुस १६ शनिवार १६:०८ मा प्रकाशित

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

काठमाडौँ । नेपाली राहदानी छपाइको विषयलाई लिएर पछिल्ला दिनमा फ्रान्सेली...