काठमाडौँ । नेपाली राहदानी छपाइको विषयलाई लिएर पछिल्ला दिनमा फ्रान्सेली कम्पनी IDEMIA र जर्मनीका Veridos र Mühlbauer बीचको प्रतिस्पर्धालाई लिएर विभिन्न टिप्पणी र आरोप–प्रत्यारोप सार्वजनिक भइरहेको बेला फ्रान्सबाट नेपाली पत्रकार अनुराधा पौडेलले केही थप यथार्थहरु स्पष्ट पारेकी छन् । यसअघि नेपाली राहदानी छपाइ गर्दै आएको फ्रान्सेली कम्पनी आइडेमिया र हालै सरकारले सम्झौता गरेको जर्मनी कम्पनी कस्तो हुन् र यिनीहरुको विशेषताबारे पनि उनले जानकारी गराएकी छिन् ।
फ्रान्सेली कम्पनी आइडेमिया र दुई जर्मनी कम्पनीहरुः यी तीनै कम्पनी सुरक्षित डिजिटल पहिचान र ई–पासपोर्ट प्रविधिको विश्व बजारका स्थापित अन्तर्राष्ट्रिय कम्पनी हुन्, जसले फरक–फरक क्षेत्रमा विशेषज्ञता विकास गरेको उल्लेख गर्दै उनले नेपालको बहस कुनै कम्पनी राम्रो वा नराम्रो भन्नेभन्दा पनि सार्वजनिक खरिद प्रक्रिया, बोलपत्रका शर्तहरू, प्राविधिक मापदण्ड र सम्झौताका सर्त पालना भए वा नभएको प्रश्नमा केन्द्रित हुनुपर्नेमा उनको जोड छ ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन् :
नेपाली राहदानी छपाइ प्रकरणमा फ्रान्सेली कम्पनी आइडेमिया को खुब चर्चा चलेको छ । जुन कम्पनीले यस अघि नेपालको पासपोर्ट छाप्दै आइरहेको थियो । र अहिले जर्मनीको दुइ कम्पनीले (Veridos र Mühlbauer) सँगै मिलेर नेपालको राहदानी छाप्ने काम शुरु गरेका छन् ।
IDEMIA र जर्मन कम्पनीहरूबीचको फरक
डिजिटल पहिचान र सुरक्षित कागजात प्रविधिको क्षेत्रमा IDEMIA सँग युरोपका अन्य ठूला कम्पनीहरूले पनि प्रतिस्पर्धा गरिरहेका छन्। नेपालजस्ता देशहरूको ई–पासपोर्ट परियोजनामा संलग्न जर्मनीका Veridos र Mühlbauer पनि यही क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय कम्पनीहरू हुन्। तर यी कम्पनीहरूको मुख्य विशेषज्ञता फरक–फरक छ।
IDEMIA (फ्रान्स) को मुख्य शक्ति डिजिटल पहिचान, बायोमेट्रिक प्रविधि, क्रिप्टोग्राफी र साइबर सुरक्षामा छ। यसले औँठाछाप, अनुहार पहिचान, सुरक्षित चिप प्रविधि, डिजिटल प्रमाणिकरण र भविष्यको क्वान्टम सुरक्षा जस्ता क्षेत्रमा विशेषज्ञता राख्छ। IDEMIA को उद्देश्य मानिसको पहिचानलाई सुरक्षित बनाउने र डिजिटल संसारमा विश्वास कायम गर्ने हो।
Veridos (जर्मनी) सरकारी पहिचान प्रणाली र ई–पासपोर्ट व्यवस्थापनमा विशेषज्ञ कम्पनी हो। यसले राष्ट्रिय परिचयपत्र, ई–पासपोर्ट प्रणाली, सरकारी डिजिटल पहिचान सेवा र सीमा सुरक्षा प्रणाली विकास गर्न सहयोग गर्छ। यसको मुख्य बल भनेको सरकारका लागि सम्पूर्ण पहिचान पूर्वाधार तयार गर्नु हो।
Mühlbauer (जर्मनी) सुरक्षित कागजात उत्पादन र प्रविधिमा विशेषज्ञ छ। यसले पासपोर्ट बुकलेट, परिचयपत्र, सुरक्षा छपाइ प्रणाली, चिप कार्ड उत्पादन र सम्बन्धित उपकरणहरूमा काम गर्छ। सरल भाषामा भन्नुपर्दा, सुरक्षित पासपोर्टको भौतिक उत्पादन र त्यसका लागि आवश्यक प्रविधिमा Mühlbauer बलियो छ।
IDEMIA → पहिचानको सुरक्षा, बायोमेट्रिक्स र क्रिप्टोग्राफीको विशेषज्ञ
Veridos → सरकारी ई–पहिचान प्रणालीको विशेषज्ञ
Mühlbauer→ सुरक्षित पासपोर्ट र परिचयपत्र उत्पादनको विशेषज्ञ
यी कम्पनीहरूबीच प्रतिस्पर्धा भए पनि धेरै अवस्थामा यिनीहरूको काम एक–अर्कासँग जोडिन्छ। एउटा देशको आधुनिक ई–पासपोर्ट प्रणाली सफल बनाउन सुरक्षित कागजात उत्पादन, डिजिटल पहिचान प्रणाली, बायोमेट्रिक प्रमाणीकरण र क्रिप्टोग्राफिक सुरक्षा सबै आवश्यक हुन्छन्।
तर नेपालको मामिलामा यिनीहरु झगडा गरिरहेका छन् जबकी यस्तो नुहनुपर्ने हो । बोलपत्र अनुसार कम्पनी च्वाइस हुने हो । नेपालको मामिलामा एकले अर्काको ठाउँ छाडेपनि अरु देशको हकमा आइडेमियाले यि दुइ कम्पनीको ठाउँ लिन सक्छ । आइडेमिया सँसारका लगभग सँसारका 60 वटा देशमा उपस्थित छ जसले बैकिका कार्ड देखि पासपोर्ट नागरिकता राष्ट्रिय परिचय पत्र राडार क्यामेरा आदीको सेवा दिदै आएको छ ।
यसैले IDEMIA, Veridos र Mühlbauer जस्ता कम्पनीहरूले फरक–फरक क्षेत्रमा विशेषज्ञता राख्दै विश्वभर सुरक्षित पहिचान प्रणाली निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्।
Veridos १०० भन्दा बढी देशका सरकारहरू र सार्वजनिक निकायहरूले भरोसा गर्छन् भने ।Mühlbauer Group: ३५ भन्दा बढी स्थानहरू मा फैलिएको छ।त्यसैले तपाइ हामी जस्ता मानिसहरु कुन ठीक कुन बेठीक छुट्टाउन सक्दैनौँ । माथि कुरा बुझीहाल्नुभयो आइडेमियाको बिशेषता भनेको क्रिप्टोग्राफी विशेषता हो र साइबर सुरक्षा हो । यसले फ्रान्सेली सरकारका डाटाहरु सुरक्षित राख्न अत्यन्तै महत्वपुर्ण भूमिका खेलेको छ । जर्मनी कम्पनी यसको प्रतिस्पर्धात्मक कम्पनी हो । कुरा यति हो कि बोलपत्रका शर्तहरु के थिए र ति पालना भएको छ छैन हेर्ने मात्र हो सरकारको काम । यदि शर्त अनुसार काम भएको रहनेछ भने जरीवाना गर्ने या अति नै ठगेमा मुद्दा हाल्ने मात्र हो । खै नेपालमा त के के हो के के हुन्छ ।
वि.सं.२०८३ साउन ६ बुधवार ११:४० मा प्रकाशित



























