back
CTIZAN AD

एक जना संक्रमित पत्ता लगाउन १ लाख ४ हजार खर्च

वि.सं.२०७७ भदौ ५ शुक्रवार

801 

shares

काठमाडौं । सरकारले हालसम्मको पीसीआर टेस्टमा मात्रै ३ अर्ब १८ करोडभन्दा बढि खर्च भएको जनाएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले हालसम्म ५ लाख ७९ हजार ८९९ पिसिआर परीक्षण गरिएको र त्यसको निम्ति ३ अर्ब १८ करोड १४ लाख ४४ हजार ५ सय खर्च भएको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एउटा पीसीआर टेस्टका लागि सरकारको ५ हजार ५ सय खर्च हुने बताए । उनका अनुसार त्यसमा पीपीई र माक्सलगायतको खर्च जोडिएको छैन् ।

गौतमले जनाएअनुसार ३० हजार ४ सय ८३ जनामा कोरोना पोजेटिभ भेटिँदासम्म एकजना संक्रमित पत्ता लगाउन एक लाख चार हजार ६ सय ३० रुपैयाँ खर्च भएको छ । त्यसबाहेक संक्रमण पुष्टि भएपछि उपचारमा पनि ठूलो धनराशी खर्च भएको छ ।

‘एउटा केस भेट्दाखेरी हाम्रो राज्यको १ लाख ४ हजार रुपैयाँ खर्च हुन्छ । त्यसपछिको उपचारमा पनि खर्च हुन्छ । एकजना व्यक्तिलाई आईसीयूमा ३० दिन राख्नु पर्यो भने ४ लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसरी कोरोनाको जाँच गर्ने, जाँचबाट पोजेटिभ पत्ता लगाउने, उपचार गर्न बहुत खर्चिलो छ’, प्रवक्ता गौतमले भने ।

निषेधाज्ञा र जनस्वास्थ्यको मापदण्ड पालना गर्दा आफ्नो शरीर र सरकारको खर्च पनि जोगिने उनको भनाई छ । उनले घरबाट ननिस्कन र अत्यावश्यक कामका लागि निस्कनै परे मास्कको प्रयोग गरि सामाजिक दुरीलाई कायम राख्न आग्रह गरे ।

वि.सं.२०७७ भदौ ५ शुक्रवार १७:४१ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...