back
CTIZAN AD

आइसोलेशनमा तोडफोड चोरी

वि.सं.२०७७ भदौ ५ शुक्रवार

660 

shares

सङ्खुवासभा सदरमुकाम खाँदबारीस्थित आइसोलेशन तोडफोड भएको छ । बिहीबार राति खाँदबारी नगरपालिका–७ हिमालय किरण क्याम्पसमा निर्माण गरिएको आइसोलेशनको सामग्री तोडफोडपछि चोरी भएको अस्पताल प्रशासनले जनाएको छ ।

आइसोलेशन तोडफोड र चोरी हुँदा रु १५ लाखका स्वास्थ्य सामग्री क्षति भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुन्दरश्याम झाले जानकारी दिए । जिल्ला अस्पतालले क्याम्पसमा १० शय्याको आइसोलेशन सेण्टर निर्माण गरेको थियो ।

जिल्ला अस्पतालले सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएको छ ।
अज्ञात समूहले अक्सिजन मेसिन, सक्सन मेसिन, ७० पिपिइ थान, प्यासेन्ट मनिटर, अक्सिजन डिभाइडरलगायत सामग्री चोरी गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले करीब पाँच महिना अगाडि सहमतिमा नै क्याम्पसमा आइसोलेशन निर्माण गरेको थियो । गत २५ साउनमा सरकारले नै विद्यालय र क्याम्पसमा भएको क्वारेन्टिन र आइसोलेशन हटाउने निर्णय गरेपछि क्याम्पस प्रशासनले नदिने भन्दै विरोध जनाएको हो । क्याम्पस प्रशासन र स्थानीयवासीले जोखिम बढ्ने भनी आइसोलेशन प्रयोग गर्न नदिने भनेपछि बिहीबार जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक गरिएको थियो । उक्त बैठकले तत्काललाई सोही क्याम्पसको आइसोलेशन प्रयोग गर्ने र १५ दिनभित्र अन्यत्र सार्ने निर्णय गरे पनि क्याम्पस प्रशासनले असहमति जनाएको थियो ।

आइसोलेशन तोडफोड गर्ने अहिलेसम्म कोही पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नवराज मल्लले जानकारी दिए । सोमबार धर्मदेवी नगरपालिका–४ पिलुवाखोलामा क्वारेन्टिनमा रहेका धर्मदेवी–४ का ३४ वर्षीय तथा चैनपुर नगरपालिका–११ का २४ वर्षीय र २२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो । उनीहरुलाई बिहीबार क्याम्पसमा निर्माण भएको आइसोलेशनमा ल्याउने भएपछि स्थानीयवासीले विरोध जनाउँदै आएका थिए । अहिले तीन कोरोना सङ्क्रमितको हिमालय क्याम्पसमै उपचार भइरहेको अस्पतालका प्रशासन जनाएको छ । प्रहरीले चोरी र तोडफोडमा संलग्नको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।-रासस

वि.सं.२०७७ भदौ ५ शुक्रवार १७:४५ मा प्रकाशित

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

इलाम ।  यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३...

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को...

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा...