back
CTIZAN AD

नेपाल वायूसेवा निगमले २३ अगष्टमा काठमाडौँ–दुबइ उडान गर्ने

वि.सं.२०७७ भदौ ५ शुक्रवार

912 

shares

काठमाडाैं- नेपाल वायुसेवा निगमकाे नेपाल एयरलाइन्स ले काठमाडौँ–दुबइका लागि रद्द उडान आगामी २३ अगष्टमा सञ्चालन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा उक्त दिन दुबइबाट काठमाडौँका लागि टिकट लिइसकेका यात्रुका लागि उडान सञ्चालन गरिने निगमले आज विज्ञप्ति मार्फत जनाएको हो ।

उक्त उडानमा कोभिड–१९ नेगेटिभ रिपोर्टसहित यात्रा गर्न पनि निगमले अनुरोध गरेको छ । निगमको उडान तालिका अनुसार बिहान ७ः३० बजे काठमाडौँबाट दुबइ जाने जहाज सोही दिन दिउँसो ४ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ ।

निगमको गत १८ अगष्टका लागि दुबइबाट काठमाडौँका लागि तय गरिएको उडान यात्रुलाई काठमाडौँमा क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगित गरेको थियो । काठमाडौँबाट २३५ यात्रु तथा १५ टन कार्गो लिएर गएको निगमको वाइड बडी जहाज दुबइबाट रित्तै फर्किएको थियो । जहाज रित्तै फर्केपछि सम्बन्धित निकायको चौतर्फी आलोचना भएको थियो । उडानका लागि दुबइ एयरपोर्टमा तयार रहेका यात्रु अलपत्र परेका थिए । बिहिबारको मन्त्रिपरिषद् वैठकले उद्धार उडान सञ्चालन गर्न अनुमति दिएको थियो । –रासस

वि.सं.२०७७ भदौ ५ शुक्रवार १७:५२ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

कार्यदलले बुझायो प्रतिवेदन, पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य

कार्यदलले बुझायो प्रतिवेदन, पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य

काठमाडौं । नेपालमा हरित अर्थतन्त्रको विकास गर्दै युवाका लागि दिगो...

वैदेशिक सहायतालाई राष्ट्रिय प्रणाली र कोषमार्फत परिचालन गर्न निर्देशन

वैदेशिक सहायतालाई राष्ट्रिय प्रणाली र कोषमार्फत परिचालन गर्न निर्देशन

काठमाडौँ ।  प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको आजको बैठकले वैदेशिक सहायता...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...