back
CTIZAN AD

कोरोनाबाट मृत्यु हुने बिरामीको फोक्सो र किड्नीमा देखियो अनौठो चोट

वि.सं.२०७७ भदौ ८ सोमवार

1.4K 

shares

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)ले मानव शरिरमा निकै गम्भीर खालका समस्याहरु सिर्जना गराएको भेटिएको छ । वैज्ञानिकहरुको समुहले कोरोनाका कारण मृत्यु हुने बिरामीको शरीर अध्ययन गर्दा त्यस्ता समस्या भेटाएका हुन् ।

वैज्ञानिकहरुले १९ कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको शरिरलाई अध्ययन गर्दा सबैमा एकै प्रकारका समस्या भेटाएको बताएका छन् । उनीहरुले खोजमा मृतक सबै व्यक्तिको फोक्सो र किड्नी नराम्रोसँग खराब भएको भेटाएका छन् । उनीहरुले जनाएअनुसार कोरोना भाइरसले व्यक्तिको फोक्सो र किड्नीमा स–साना असंख्य प्वाल बनाएको भेटिएको थियो ।

जनाइएअनुसार वैज्ञानिकहरुले कोरोनाबाट मृत्यु हुने १९ मानिसको शरिरमाथि लण्डनको इम्पीरियल कलेजमा अध्ययन गरेका थिए । द लेटेस्ट माइक्रोबमा वैज्ञानिकहरुको उक्त खोजबारे चर्चा गरिएको छ ।

मृतकको भित्रि अङ्गमा ठुला चोट

वैज्ञानिकहरुले बताएअनुसार १९ मृतकमध्ये ९ मृतकको शरिरका कुनै न कुनै अंगमा ठुलो चोट भेटिएको थियो । मृतकमध्ये केहिको फोक्सो, केहिको मुटु अनि केहिको किड्नीमा चोटहरु रगतसहित भेटिएको थियो ।

२२ देखि ९७ वर्षका बिरामीमाथि अध्ययन

शोधकर्ताहरुको समुहले कोरोना प्रभावबारे २२ देखि ९७ वर्षका बिरामीको शरिरमाथि अध्ययन गरेका थिए । जनाइएअनुसार १९ बिरामीमा ७ पुरुष र ४ महिना थिए ।

खोजकर्ताहरुले मृतकको पुरानो बिरामी भए नभएको र त्यसको प्रभाव कतिसम्म रहेको भन्नेबारे पनि अध्ययन गरेका थिए । जनाइएअनुसार उनीहरु संक्रमित हुँदाखेरि अत्याधिक ज्वरो र खोकीबाट पीडित थिए । उनीहरु सबैमा श्वास लिन निकै समस्या भईरहेको थियो ।

अधिकांश व्यक्तिको मृत्यु कोरोना संक्रमण भएको तीन हप्ताभित्रै भएको थियो । एजेन्सीकाे सहयाेगमा

वि.सं.२०७७ भदौ ८ सोमवार १४:१५ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...