back
CTIZAN AD

यसकारण पनि कुलमानकै खाँचो छ

वि.सं.२०७७ भदौ ८ सोमवार

933 

shares

नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गको ४ बर्षे कार्यकाल सकि नै लागेको छ । सुनिदैछ सरकार नियुक्तिको तयारी गर्दैछ । अझै विद्युत सम्बन्धि धेरै कामहरु गर्न बाँकी भएकोले कुलमानलाई नै थप मौका दिनु पर्छ भन्ने आवाज उठाइरहेका छन । नेपाल सरकारलाइ तपाईको राय के होला ?.

मेरो बिचारमा : नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङ्ग नेतृत्वमा आएपछि उहाँको समुहले गर्दा माफिया र नेताहरुले लुटन पाएको छैनन् । दैनिक १४ घन्टाको अन्धकारमय लोड सेडिङ्गबाट उज्यालो तिर लाने अनि लोड सेडिङ्गलाइ शुन्यमा झारने काम भयो । आ.व २०६७/६८ सम्मको सञ्चित घाटा करिब ‘२७ अर्ब रुपैयाँ सञ्चित नोक्सानीमा रहेको संस्थालाई ४ वर्षभित्र वार्षिक १० अर्ब रुपैयाँ सर्वाधिक नाफा कमाउने सफल संस्थाका रूपमा उभ्याएका छन् ।

चार वर्षअघि २५ प्रतिशतभन्दा बढी विद्युत् चुहावटलाई करिब ११ प्रतिशतले नियन्त्रण गर्दै १५ दशमलव २७ प्रतिशतमा झारेको छ । चुहावट नियन्त्रणबाट प्राधिकरणले वित्तीय रूपमा करिब ८ अर्ब रुपैयाँ फाइदा भएको छ । प्राधिकरणले आर्थिक वर्ष २०७६/७७ सम्ममा प्रसारणलाइनको लम्बाइ ४ हजार २ सय २५ सर्किट किलोमिटर पु¥याएको छ । ग्रिड सबस्टेसनको क्षमता बढाएर ४ हजार १ सय ६१ एमभिए पु¥याएको छ । नेपाल भारतबीच विद्युत् प्रवाह हुनसक्ने अन्तर्देशीय प्रसारण संरचनाको क्षमता १५ सय मेगावाट पुगेको छ । बुटवल–गोरखपुर मैनहिया–सम्पत्तिया, इनरुवा–पुर्णिया लम्की–बरेली, कोहलपुर–उत्तरप्रदेश निमार्णको विभिन्न चरणमा पुगेका छन् । भने नेपाल र चीनबीच पनि रातोमाटे–रसुवागडी–केरुङ ४ सय केभी प्रसारणलाइन निमार्णका लागि प्राधिकरण र स्टेट ग्रिड चाइनाबीच सम्झौता भएको छ ।

विद्युतीय सवारीसाधनका लागि चर्जिङ स्टेसन बनाउने, विद्युतीय चुलोको प्रयोग बढाउने, विद्युतीय तार भूमिगत गर्ने कार्य सुरु, स्मार्ट थ्री फेज मिटर जडान र घरायसी ग्राहाकका लागि स्मार्ट मिटर जडान सुरु काम अघि बढाएको छ । यसरी काम गरेर देखाउने कुलमान घिसिङ्गसँग नेताहरु आफै इर्श्या गर्न थाले छन। तैपनि अब आउने केही समय लागि कुलमान घिसिङ्गलाई नै कार्यकारी निर्देशकको रुपमा नेपाल विद्युत् प्राधिकरणमा निरन्तरता दिनु देश र जनताको लागि उचित उपयुुक्त हित हुन्छ ।

वि.सं.२०७७ भदौ ८ सोमवार १४:३९ मा प्रकाशित

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

 हेलेजको परिचय, महत्त्व तथा नेपालमा नयाँ प्रविधि हेलेज (Haylage) भन्नाले...

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

नेपाल एकीकरण अभियान र नेपाल–अंग्र्रेज युद्ध (१८१४–१८१६) का प्रमुख नायक...

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

हामी भेट हुँदा प्रायः सोध्छौंः “के छ खबर ?” उत्तर...

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

सलाम रोल्पामा ऋषिराज बरालले झिंगाको प्रसंग धेरै ठाउँमा उल्लेख गरेका...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...