back
CTIZAN AD

१ लाखको कोरोना बिमा गर्दा २५ हजार मात्रै पाइने

वि.सं.२०७७ भदौ २९ सोमवार

771 

shares

काठमाडौं । एक लाख रुपैयाँको कोरोना बिमा गर्नेले २५ प्रतिशतमात्रै दाबी पाउने भएका छन्।

बिमा समितिले कोरोना बिमाको मापदण्ड परिवर्तन गर्ने क्रममा दाबी भुक्तानी २५ हजार रुपैयाँमात्रै पाउने र अस्पताल भर्ना भएका बिमितले एक लाख रुपैयाँसम्मको उपचार खर्च पाउने भएका छन्। उपचार खर्च पाउँदा सुरुमा आइसोलेसनमा बस्दा प्राप्त गरेको २५ हजार रुपैयाँसहित बाँकी ७५ हजार रुपैयाँसम्मको स्वास्थ्य उपचारका लागि दाबी पाउने छन्। यसका लागि पनि अस्पतालको रिपोर्ट अनिवार्य प्रस्तुत गर्नु पर्ने हुन्छ।

बिमा समितिले पहिलो पटक कोरोना बिमा मापदण्ड जारी गर्दा एक लाख रुपैयाँको बिमा गर्दा कोरोना संक्रमण भएपछि एक लाख रुपैयाँ नै दाबी पाउने व्यवस्था गरेको थियो। त्यस्तै ५० हजार रुपैयाँको बिमा गर्ने बिमितले संक्रमण भएको पुष्टि भएमा ५० हजार रुपैयाँ नै दाबी पाउने व्यवस्था गरेको थियो।

बिमा समितिका एक उच्च अधिकारीका अनुसार पहिलाको मापदण्ड सामाजिक उत्तरदायित्वलाई केन्द्रित गरिएको र अहिले संसोधन भएको मापदण्ड स्वास्थ्य बिमाको रुपमा विकसित गरिएको हो। त्यस्तै पहिला दुई किसिमको कोरोना बिमा गरिएकोमा अबदेखि एक लाख रुपैयाँ बराबरको मात्रै हुनेछ। तर पुरानो बिमालेख अनुसार बिमा गर्नेले भने पहिलाकै मापदण्ड अनुसार पाउने छन्।

पहिला व्यक्तिगत तथा संस्थागत कोरोना बिमा गर्न मिल्ने व्यवस्था थियो। अब पारिवारिक रुपमा मात्रै कोरोना बिमा गर्न पाइने छ। बिमा समितिको अपरिपक्व निर्णयले यस्तो समस्या आएपछि मन्त्रालयको पहलमा कोरोना बिमाको मापदण्ड नै परिवर्तन गरिएको हो।

हालसम्म कोरोना बिमा गर्नेको संख्या १० लाख पुगिसकेको छ। दाबी भुक्तानीका लागि १२ सय भन्दा धेरैले आवेदन दिइसकेका छन्। त्यस्तै झण्डै तीन सय जनाले दाबी प्राप्त गरेका छन्। नेपाल लाइभबाट

वि.सं.२०७७ भदौ २९ सोमवार १३:५५ मा प्रकाशित

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

दमौली (तनहुँ) । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...