काठमाडौं । चीनको विरुद्व निरन्तर नयाँ–नयाँ कदम चालिरहेको अमेरिकाले फेरि थप प्रतिबन्धको घोषणा गरेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार अमेरिकाले चीनबाट आउने सुतीजन्य सामाग्री, कस्मेटिक सामाग्री, कम्प्युटरका पाट्स र तयारी पोसाकमा प्रतिबन्ध लगाएको हो ।
युगुर समुदायलाई देखाएर प्रतिबन्ध
अमेरिकाले चीनको शिनजियांग प्रान्तमा रहने युगुरसमुदायबाट बनाइएका उत्पादनहरुमा प्रतिबन्ध लगाएको बताएको छ । अमेरिकालेयुगुरसमुदायमाथि चिनियाँ सरकारले गरेको शोषणका विरुद्व आफुँले यस्तो कदम चालेको दाबी गरेको छ ।
चीनका अल्पसंख्यक युगुरमुस्लिम समुदायमाथि निरन्तर शोषण भइरहेको अमेरिकाको आरोप छ । यसअघि पनि चिनियाँ अल्पसंख्यक मुश्लिम समुदायको धार्मिक गतिविधिमा चीनले रोक लगाएको भन्दै अमेरिकाले पटक–पटक विभिन्न घोषणा गर्दै आएको थियो ।
जनाइएअनुसार अमेरिकाले युगुरसमुदायको पक्षमा वेभ पेजसमेत सञ्चालनमा ल्याएको छ । जहाँ युगुरसमुदायमाथि चीनले ज्याजदी गरिरहेको विषय विभिन्न सामाग्रीहरु मार्फत राखिएको छ ।
अमेरिकाले उक्त समुदायमाथि चीन सरकारको व्यवहारलाई लिएर मानवअधिकारको लडाईं लड्ने पनि उद्घोष गरेको छ । लाखौं युगुरसमुदायलाई हिरासतमा लिने, दण्डित गर्ने, शोषण गर्ने काम चीनले गरिरहेको आरोप अमेरिकाको छ । एजेन्सीबाट
वि.सं.२०७७ भदौ ३० मंगलवार १३:०१ मा प्रकाशित






























