back
CTIZAN AD

विचौलियाको एकाधिकार तोड्दै ६० किसान मिलेर खोले दुग्ध सहकारी संस्था

वि.सं.२०७७ असोज २ शुक्रवार

951 

shares

२ असोज म्याग्दी । म्याग्दीको एउटा गाउँका ६० किसानले बजारमा दुग्ध सहकारी संस्था तथा डेरी सञ्चालन गरेका छन् ।

बिचौलियाहरुले किसानबाट सस्तोमा खरिद गरेर उपभोक्तालाई महङ्गोमा बिक्री गरी बजारमा एकाधिकार कायम गरेको समयमा बेनी नगरपालिका–४ बास्कुनाका ६० पशुपालक कृषकले डेरी सञ्चालन गरी उपभोक्तालाई सुपथ मूल्यमा दुग्धजन्य पदार्थ बिक्री गर्न थालेका हुन् ।

बेनपा-७, बैंकरोडमा बास्कुना कृषि पशुपक्षी दुग्ध सहकारीद्वारा सञ्चालित डेरीको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विनोद केसीले उपभोक्तालाई सस्तो र गुणस्तरीय सेवा दिने गरी डेरी सञ्चालन गर्नुपर्ने बताए । बेनपा–४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले वडाभित्रका किसानले कृषि र पशुपालनबाट मनग्य आम्दानी गरेको बताउँदै अनुदान र सहुलियतमा पहुँचभन्दा आवश्यकताका आधारमा वितरण गर्नुपर्नेमा जोड दिए

भेटेरिनरी अस्पताल एवं पशुसेवा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुम र कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्द कोइरालाले म्याग्दीमा कृषि र पशुपालनबाट राम्रो आम्दानी गर्न सकिने बताए । किसानले शुरुमा रु तीन लाखको लगानीमा सामग्री खरिद गरेर डेरी सञ्चालन गरेको बास्कुना कृषि पशुपक्षी दुग्ध सहकारी संस्थाका अध्यक्ष तिलक गुरुङले बताए । रासस

वि.सं.२०७७ असोज २ शुक्रवार ०९:३४ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...