back
CTIZAN AD

अफगानिस्तान ठूलो झडप, २३ सैनिक र ३१ तालिवान लडाकूको मृत्यु

वि.सं.२०७७ असोज २ शुक्रवार

870 

shares

असोस २ । अफगानिस्तानको पूर्वी नान्गाहर र पश्चिमी बाग्गिस प्रान्तको दुई स्थानमा भएका झडपमा कम्तीमा २३ अफगानी सैनिक र ३१ लडाकूको मृत्यु भएको छ ।

घटनामा दर्जनौँ लडाकुहरू घाइते भएका छन् ।

अफगानिस्तानमा शान्ति स्थापनाका लागि सरकारी तथा तालिवान प्रतिनिधिहरूबीच वार्ता भइरहेका समय भएको यो ठूलो भिडन्त हो । प्रान्तीय सरकारका प्रवक्ता अत्ताउल्लाह खोगियानीले सिन्ह्वालाई दिएको जानकारी अनुसार नान्गाहर प्रान्तमा २० सैनिक र २९ तालिवान लडाकूको मृत्यु भएको छ । उक्त घटनामा कम्तीमा १५ सैनिक र २० लडाकू घाइते भएका छन् ।

पश्चिमी बग्गिस प्रान्तमा कादिसको जिल्ला प्रशासन कार्यालयमा हमला गर्ने आक्रमणकारीहरूविरूद्ध सुरक्षा बलले जवाफी कारबाही गरेको अर्को एक घटनामा तीन सैनिक र दुई विद्रोहीको मृत्यु भएको थियो । घटनामा छसैनिक र पाँच लडाकू घाइते भएका छन् ।

जिल्ला प्रमुख हैदर शरीफीले सिन्ह्वासँग भन्नुभयो, “प्रशासन कार्यालयलाई लडाकू समूहले कब्जा गर्न खोजेपछि सुरक्षा कार्यालयमा तैनाद सैनिक तथा प्रहरीले जवाफी कारबाही चलाएका थिए । भिडन्तका क्रममा जिल्ला कार्यालय भवनका केही भाग र एउटा सशस्त्र सेनाको गाडीमा विद्रोहीले आगो लगाएका छन् ।

वि.सं.२०७७ असोज २ शुक्रवार ०९:२० मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...