असोज ३, काठमाडौँ । इन्डियन प्रमियर लिग (आईपिएल )आजबाट सुरु हुन गईरहेको छ । पहिलो खेलमा ४ पटक आईपिएल विजेता मुम्बई इन्डियन्स र ३ पटक आईपिएल विजेता चेन्नाई सुपर किंग्स भिड्ने छन ।
आबु दाबिको शेख जायद स्टोडियम हुने पहिलो खेलमा चेन्नाईको कप्तानी महेन्द्र सिंह धानीले गर्ने छन भने मुम्बईको कप्तानी रोहित शर्माले गर्ने छन ।
मुम्बईले युएईमा अहिलेसम्म ५ खेल खेलको जसमा मुम्बई ५ पटक नै पराजित भएको छ । त्यसैगरि चेन्नाईले युएईमा अहिलेसम्म खेलेकाे ५ खेलमा मध्य ४ खेलमा जित हासिल गरेको छ भने १ खेलमा हारको सामना गरेको छ ।
खेल नेपाली समय अनुसार आज बेलुका ७:४५ बाट सुरु हुनेछ ।
मुम्बई इंन्डियन्सको सम्भावित प्लेइङ्ग इलेवन :
रोहित शर्मा, क्विनटन डि कोक, सुर्यकुमार यादव, इशान किशन, हार्दिक पांड्या, कुणाल पांड्या, काइरन पोलार्ड, मिचल म्याक्लेनाघन, राहुल चाहर, टे«ट बोल्ट, जसप्रित बुमराह ।
चेन्नाई सुपर किंग्सको सम्भावित प्लेइङ्ग इलेवन :
शेन वाटसन, फाफ डुप्लेसिस, अंबती रायुडु, महेन्द्र सिंह धोनी, रविन्द्र जडेजा, केदार जाधव, डुवेन ब्राबो, दिपक चाहर, पियुष चावला, इमरान ताहिर, शार्दुल ठाकुर ।
वि.सं.२०७७ असोज ३ शनिवार ०८:०९ मा प्रकाशित


























