३ असोज, काठमाडौं । हाल देशभर सामान्य बदली रहि प्रदेश नं ५ र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ साथै बाँकी प्रदेशका एक\ दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो पनि देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं ५ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
‘ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’ महाशाखाद्धारा जारी सूचनामा भनिएको छ ।
त्यसैगरी आज लमजुङको बेसिशहर, खुदीबजार र धेरै स्थानमा विगत ५ घण्टामा अति ठूलो बर्षा मापन भएको छ । लमजुङ भई बहने साना नदीहरूमा आकस्मिक बाढी आउनको साथै कमजोर, भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने हुनाले दिउँसो १२ बजे सम्म उच्च सतर्कता अपनाउ पनि महाशाखाले अनुरोध गरेको छ ।
वि.सं.२०७७ असोज ३ शनिवार ०८:३५ मा प्रकाशित






























