
१
अवनी र गगन
माछा पुच्छ्रे फेवाताल
शिव शक्तिको नै छ राज
२
फट्याँङ्ग्राको साइनो
हरियो पात मात्र हो,
बाँचने कला यो उस्कै हो
३
देशको छ दुर्गति
लुथाचुँडि भो अति
सत्तासिन भयो दुर्मति
४
मानव समाज हो,
ऊ समाजमा नै रम्थ्यो
मान्छे सामाजिक प्राणि हो
५
मानव ताको गाँठो,
जो नम्र भो उहीँ बाठो,
गरि खान सक्ने छ टाठो
वि.सं.२०७७ असोज ३ शनिवार ०८:५३ मा प्रकाशित






























