back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ असोज ३ शनिवार

1.1K 

shares


भैंसी पालेँ दूध दोएँ खायो बिरालोले,
यो उकाली ओराली र खायो भिरालोले ।
छोराछोरी सबै मेरा जापान अमेरिका,
बृद्धाश्रममा बस्नु पर्ने खायो पिरालोले ।

असिना र वर्षेझरी मेरै तनभरी,
सँगसँगै न्याउली रुन्छे पारी वनभरी ।
देख्छु सबै हाँसी खुशी मेरैमात्र के भो ?
गर्नुगर्याे जिन्दगीले कस्तो मनपरी ?
३.
पैसालेनै आज हामीलाई टाढा बनायो,
भोको पेट भरिन्जेललाई गाढा बनायो,
चिल्ला कारमा, तिमी म त पैदल हेर,
यो सहरले तिमीलाई छाडा बनायो ।

मलाई मेरै परिवेशको तुईन मन पर्छ,
एकान्तमा परेलीबाट चुहिन मनपर्छ ।
र्याल काढौला कुनैदिन अचार भनेर,
आज आफैँ पिल्सिएर कुहिन मन पर्छ ।

मृत्यु कुर्दै सन्तान कति बस्दैछन् खाडीमा,
वर्षैपिच्छे कतिकति फस्दैछन् बाढीमा ।
ओठभरि मुस्कान ल्याउने कुनै सूत्र देखिँदैन
ब्वाँसाहरु दिदी बहिनी डस्दैछन् झाडीमा ।

लमजुङ् दुराडाँडा,हाल कोहलपुर बाँके

वि.सं.२०७७ असोज ३ शनिवार ०८:५७ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...