
कसै कसैले नेताको लव स्टोरी कोरेर बाँचेका छन,
अखबर जस्तै मन र मष्तिकमा भोरेर बाँचेका छन् ।
के गर्नु त बिचरा उनैको कलोमा जीवन धान्नु पर्दा,
सारा जीवन पाईलै पछि जिउँदै मोरेर बाँचेका छन् ।
जनताको रगत अनी पसिनामै पौडिनेलाई हेरियो,
आफ्नै ति अन्नदाता सँग नजर चोरेर बाँचेका छन् ।
जब सँग सँगै बसेर स्वार्थ पूरा हुँन सक्दैन यिनको,
त्यसैले ता आफ्नो शुन्दर घरनै फोरेर बाँचेका छन् ।
हेर आफ्नो पेट काटेर दिन्छन देशको मुहार बदल्न,
त्यसैमा लुटमार गर्दै नेताले सबै सोरेर बाँचेका छन् ।
वि.सं.२०७७ असोज ३ शनिवार ०९:०३ मा प्रकाशित






























