back
CTIZAN AD

हिमालमा परेको असर न्यूनीकरणको विषय प्राथमिकतामा

वि.सं.२०८३ जेठ १४ बिहीवार

336 

shares

काठमाडौँ । नेपाली कांग्रेसले हिमालमा परेको असर न्यूनीकरणको खोजीदेखि समग्र वातावरण संरक्षण अभियानसम्मका विषयलाई प्राथमिकता दिएको छ ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बुधबार काठमाडौँ बसेको तेस्रो बैठकले ‘जलवायु परिवर्तन सचेतना उपसमिति’ गठन गरी हिमालमा परेको असर न्यूनीकरणको खोजीदेखिका विषय कार्यादेश तोकेको छ ।

कांग्रेस सभापति गगनकुमार थापाको उपस्थितिमा भएको बैठक प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको थियो ।

बैठकमा जलवायु परिवर्तनले हिमालमा पारेको असर र त्यसको न्यूनिकरणका लागि गर्नुपर्ने पहललगायत विषयमा छलफल भएको उपसभापति शर्माले जानकारी दिए ।

यसैगरी विश्वव्यापी बढ्दो तामक्रमका कारण हिमाल पग्लिने क्रम तीव्र हुँदा जलवायुजन्य विपद्को खतरा बढेको विषयमा समेत छलफल भएको उनले बताए । कांग्रेस उपसभापति शर्मा जलवायु परिवर्तन र हिमालको विषयमा बढी चासो राख्छन् । उनी गत वर्ष विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहणका क्रममा सात हजार २०० मिटरमा रहेको तेस्रो क्याम्पसम्म पुगेका थिए ।

यसैगरी बैठकमा प्रतिष्ठानका उपप्रमुख मधु आचार्यले आन्तरिक आचारसंहितासम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो । त्यस्तै यस अघिको प्रतिष्ठानको बैठकबाट चयन भएका विभिन्न उपसमितिका छ जना संयोजकहरूले आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए । साथै बैठकले प्रतिष्ठान प्रमुख शर्माको प्रस्तावमा विभिन्न थप सात बिषयगत उपसमिति तय गरेर संयोजक चयन गरेको छ ।

वि.सं.२०८३ जेठ १४ बिहीवार १४:०९ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...