back
CTIZAN AD

इजरायल-हिजबुल्लाह संघर्षमा इजरायली सैनिकको मृत्यु, सीमा क्षेत्रमा तनाव बढ्दै

वि.सं.२०८३ जेठ १४ बिहीवार

381 

shares

इजरायल  । इजरायली सेनाले बिहीबार जनाएको अनुसार लेबनान सीमाना नजिक हिजबुल्लाहको ड्रोन आक्रमणमा एक सैनिकको मृत्यु भएको छ। यससँगै इरान समर्थित समूहसँग जारी युद्धमा मारिने इजरायली सैनिकहरूको संख्या २४ पुगेको छ।

सेनाका अनुसार मृत्यु हुने सैनिक २० वर्षीया सार्जेन्ट रोतेम यानाइ हुन्। उनी उत्तरी इजरायलमा सञ्चालन भइरहेको सैन्य गतिविधिका क्रममा मारिएको बताइएको छ।

सोही घटनामा एक रिजर्भ सैनिक गम्भीर रूपमा घाइते भएका छन् भने अर्को मध्यम रूपमा घाइते भएका छन्। इजरायली सेनाले उक्त आक्रमण हिजबुल्लाहको विस्फोटक ड्रोनबाट भएको पुष्टि गरेको छ।
युद्ध सुरु भएयता हालसम्म २३ सैनिक र एक नागरिक ठेकेदारसहित कुल २४ इजरायलीको मृत्यु भएको छ।

इजरायली सेनाले बुधबार लेबनानको जाजानी नदीभन्दा दक्षिणका सबै क्षेत्रलाई “युद्ध क्षेत्र” घोषणा गर्दै स्थानीय बासिन्दालाई खाली गर्न आग्रह गरेको छ। यो कदम अप्रिल १७ को युद्धविरामपछि पहिलो पटक गरिएको ठूलो स्तरको चेतावनी मानिएको छ ।(रासस/सिन्ह्वा)

वि.सं.२०८३ जेठ १४ बिहीवार १४:०१ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...