back
CTIZAN AD

पेरिसडाँडा बैठक, सबै सदस्यलाई समान रुपमा ‘सोफा’को व्यवस्था

वि.सं.२०७७ असोज ४ आइतवार

732 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी कार्यालय पेसिडाँडामा बसेको छ । बैठक यसअघि प्रधानमन्त्री निवास बालुवाटार र पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दै आएको थियो ।

पार्टी एकतापश्चात पहिलो पटक पेरिसडाँडामा बसेको बैठकमा कुर्सी व्यवस्थापन भने विशेष खालको गरिएको छ । बैठकमा सबै सदस्यलाई समान रुपमा बस्नको लागि सोफाको व्यवस्था गरिएको छ ।

बैठकको मञ्च तिर दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सोफा राखिएको छ भने अन्य सदस्यलाई क्रमशः राखिएको छ ।

नेकपाभित्र कुर्सी व्यवस्थापनमा विभेद गरिएको भन्दै बेला–बेला चर्को आलोचना हुने गरेको थियो । पटक–पटकका सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको कुर्सी बेग्लै र अध्यक्ष प्रचण्डसहित अन्यको बेग्लै गरि भिन्नता गरिएको थियो ।

गत असार १० देखि बसेको स्थायी समिति बैठकमा कुर्सी व्यवस्थापन गलत रुपमा गरिएको भन्दै नेताहरुले विरोध जनाएका थिए । बैठकको दोस्रो दिन कुर्सी खोसा खोससमेत भएको थियो ।

वि.सं.२०७७ असोज ४ आइतवार १२:२१ मा प्रकाशित

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १०...