back
CTIZAN AD

बिर्सनु भाे कि, जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७७ असोज १४ बुधवार

816 

shares

काठमाडाैं । जनरल इन्स्योरेन्सको साधारण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले असोज ११ देखि एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियाे ।

जसमा कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । लगानीकर्ताहरुले सी आस्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्थाबाट तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।

उक्त आइपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ । जसले गर्दा आज आवेदन दिने लगानीकर्ताले १० कित्ता मात्रै आवेदन दिँदा हुने देखिएको छ ।

वि.सं.२०७७ असोज १४ बुधवार १३:३३ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...